७७ हजार बालबालिकालाई पोलियो थोपा


प्रकाशित मिति :2017-03-05 12:16:09


पार्वती पाण्डे
कपिलवस्तु । यहाँ शनिबारदेखि ५ वर्षमुनिका बालबालिकालाई खुवाइने पोलियो थोपा खोप अभियान शुरु भएको छ । अभियानका क्रममा जिल्लाका ७७ हजार २ सय २२ बालबालिकालाइ पोलियो थोपा खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

अभियानमा १ हजार ५ सय ८ स्वम सेवक खटाईएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर लक्ष्मेश्वर झाले जानकारी दिनुभयो । ७ सय ५४ खोप केन्द्रहरुमा शनिबार र आइतबार दुई दिन थोपा खुवाउने कार्यक्रम रहेको छ ।

अभियान क्रममा कपिलबस्तु सहित देशभरका १५ वटा जिल्लाका १६ लाख बालबालिकालाई पलियो थोपा खुवाउने जनाएको छ । नेपाललाई सन् २०१० मा नै पोलियो उन्मुलन घोषणा गरिए पनि भारतमा रोगको संक्रमण देखिएका कारण तराईको जिल्लामा फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले तराईका कपिलवस्तु जिल्ला सहित १२ र काठमाडौं उपत्यकाका तीन गरी १५ जिल्लामा पोलियो खोप कार्यक्रम सञ्चालन गरेको हो ।

स्वास्थ्यकर्मीको आन्दोलन भएपनि पोलियो खोप लगाउने कार्यक्रमलाई असर नपरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: