शिविरमा सेवा लिन महिला बढी


प्रकाशित मिति :2017-03-05 13:53:29

बेलिना थापा
लमजुङ । जिल्लाको दक्षिण पश्चिम भेगमा पर्ने करापुटार नगरपालिका ४ स्थित इशानेश्वर मावि भोर्लेटारमा भएको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ७४ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमध्ये आँखा, दन्त, स्त्री सम्बन्धी समस्याको महिला विरामीको उल्लेख्य सहभागिता देखीयो ।

आयोजकका अनुसार १ सय ६२ महिला र १ सय १२ जना पुरुषको शिविरमा निशुल्क परिक्षण, उपचार र औषधी वितरण गरिएको छ । पाठेघर सम्बन्धी समस्या भएका २४ महिलाको परिक्षण गरिएकोमा २ जनाको पाठेघरमा रिङ पेसरी राखिएको छ । २ जनाको शल्यक्रियाको लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बोलाइएको अस्पतालका डा. धिरज महराले जानकारी दिनुभयो ।

महिलाहरु काममा बढी खट्नु तर स्वास्थ्यको ख्याल नर्गनाले यस्तो समस्या आएको महरा बताउनुहन्छ । शिविरमा सबैभन्दा बढी आँखाका १ सय ५३ विरामीले सेवा लिएका छन् । जसमा १० जनाको मोतियाविन्दुको शल्यक्रियाका लागि आँखा अस्पताल पोखरा रिफर गरिएको छ ।

लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङ, लमजुङ जिल्ला सामुदायिक अस्पताल, कालिका बचत तथा ऋण सहकारी संस्था, रेडियो मस्र्याङ्दी र स्थानिय भोर्लेटार युवा क्लबको संयुक्त आयोजनामा भएको शिविरमा डा. धिरज महरा र डा. रविनजंङ्ग थापा लगायतको टोलीले सेवा दिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: