महिला नेतृत्व विकास प्रशिक्षण


प्रकाशित मिति :2017-03-05 16:32:04

सुजाता कुवंर

नारायणगढ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा प्रमुख तथा उपप्रमुख मध्ये एक जना महिला हुनुपर्ने व्यवस्था गरेसगै महिला नेतृत्व विकासका लागि चितवनमा “स्थानीय तहको निर्वाचनमा महिलाको नेतृत्व” विषयक प्रशिक्षण भएको छ ।

नारी उत्थान केन्द्रले आफ्नो संस्थाले संचालन गरेको उक्त प्रशिक्षणमा ३१ जना महिला सहभागि भएका थिए । प्रशिक्षक एवं महिला अधिकारकर्मी मीना खरेलले सामाजिक संघ संस्था र राजनितिक दलले महिलाको सहभागिताका चेतना अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो । प्रशिक्षणमा महिला नेतृत्वका लागि आवश्यक पर्ने ज्ञान, सिप र व्यवहारिक अभ्यासहरु सिकाइएको थियो ।

हरेक तहमा महिलाको सम्मानजनक उपस्थिति भए मात्र महिलामैत्री वातावरण बन्न सक्ने भन्दै उहाँले महिलाहरुलाई नेतृत्वका लागि उत्साहित हुन अभिप्रेरित गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: