कपिलबस्तुमा खुल्यो नमुना कोसेलीघर 


प्रकाशित मिति :2017-03-05 17:40:39

पार्वती पाण्डे

कपिलवस्तु । द्धन्द्ध पिडित तथा पछाडी पारिएका समुदायका महिलाहरुको सीप विकास तथा आयआर्जनमा टेवा पुरयाउने उदेश्यका साथ कपिलबस्तुमा नमुना कोसेली घर स्थापना भएको छ ।

कोसेलीघर स्थापनाले खेर जाने बस्तुबाट उत्पादित सामग्रीले बजार पाउने भन्दै ग्रामिण महिलाहरु उत्साहित भएका छन् । नमुना एकिकृत विकास परिषदले स्थापना गरेको कोसेलीघरको शनिबार प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले उद्घाटन गर्नुभएको हो ।

‘स्वदेशी बस्तु प्रयोग गरौ नेपाली भएकोमा गर्भ गरौ’ भन्ने मुलनाराका साथ स्थापित कोसेलीघरमा कुश, बास, काँसवाट बनेका ढकिया, चकटी, डस्विन, हडकेस लगायतका बस्तु तथा ढाकाबाट बनेको बेग, टोपी, टाई, च्यादर, खादा आदि राखिएको छ ।

स्वदेशी कच्चापदार्थबाट बनेका यस्ता सामग्रीको सवैले प्रचार, प्रयोग र प्रोत्साहन गर्न प्रजिअ ढकालले आग्रह गर्नुभयो । सरकारको निति स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भएकाले सरकारी कार्यालयहरुलाई यहाँको उत्पादन १५ प्रतिशत महंगो भएपनि अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो ।

घरेलु तथा साना उद्योग महांसघका केन्द्रीय सदस्य नेत्र पाठक, तौलिहवा उद्योग बाणींज्य संघका अध्यक्ष गयादिन कुर्मी लगाएतले घरेलु उत्पादनको प्रयोग गर्न तथा प्रोत्साहन गर्न निजि ब्यावसायीलाई पनि आग्रह गरेका थिए ।

नमुना विकास परिषदकी अध्यक्ष ज्ञानु पौडेलले द्धन्द्धपीडितको मर्म आफूले बुझेकाले उनीहरुलाई सिप सिकाई घरेलु बस्तु उत्पादनमा सहयोग गरि उनीहरुले उत्पादन गरेका बस्तु आफै खरिद गरी नमुना कोसेली घर मार्फत बिक्री वितरण गर्दै आएको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: