इटहरीमा प्रधानमन्त्री कप महिला क्रिकेट जारी


प्रकाशित मिति :2017-03-06 12:03:09

महिला खबर

सुनसरी । इटहरीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तरगत आइतबार भएको पहिलो खेलमा सुदुरपश्चिमाञ्चल विजयी भएको छ । पुर्वाञ्चललाइ ६ विकेटले हराँउदै सुदुरपश्चिमाञ्चलले पहिलो जित निकालेको हो ।

टस जितेर पहिले व्याटिङ्ग गरेको पुर्वाञ्चलले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९२ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङ्गमा आएको सुदुर पश्चिमाञ्चलले १८ ओभरमा ४ विकेट

गुमाएर लक्ष्य भेट्टायो । खेलको प्लेयर अफद म्याच सुदुरकी रेखा रावल घोषित भए । यसैबीच आइतबार नै भएको दोश्रो खेलमा एपीएफ बिजयी भयो । लिग चरण अन्र्तगतको खेलमा एपीएफले मध्यपश्चिमान्चललाई १ सय १४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरको खेलमा १ सय ५४ रन बनायो ।

जवाफी ब्याटिङ्मा उत्रिएको मध्यपश्चिमान्चलले १२ ओभरमा सवै विकेट गुमाउँदै ४० रनमात्र बनाएर अल आउट भयो । एपीएफकी सिता राना मगरले सर्वाधिक ५४ रन वनाइन् । पराजिम टिम मध्यपश्चिमान्चलकी रितु कनौरियाले ३७ रन वनाइन् । एपीएफकी करुणा भण्डारीले चार विकेट लिइन् । सोमबार पहिलो खेल सुदुर पश्चिमान्चल र मध्यपश्चिमान्चलबीच त्यस्तै दोश्रो खेल पश्चिमान्चल र एपीएफबीच हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: