दवाव नदिए आरक्षण कोटा समेत गुम्न सक्ने : महिला अधिकारकर्मी


प्रकाशित मिति :2017-03-06 17:29:05


इन्दिरा भट्टराई

विराटनगर । ३१ बैशाखमा हुन लागेको स्थानिय तहको निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्नका लागि महिलाहरु एक ढिक्का भएर दवाव दिन नसके आरक्षण कोटा समेत गुम्न सक्ने सरोकारवालाहरुले बताएका छन् । विराटनगरमा महिला मानवअधिकार रक्षक संजाल र ओरेक नेपालले अन्तराष्ट्रिय श्रमिक महिला दिबशको अबसरमा आइतबार आयोजना गरेको ‘स्थानिय निर्वाचनमा महिलाको नेतृत्व विकास’ विषयक कार्यक्रमका सहभागिहरुले सविधानमा महिलालाई ४० प्रतिशत छुट्याएकै छ भनेर ढुक्क हुने अबस्था नभएको बताएका हुन् ।

संविधानमा अनिवार्य ४० प्रतिशत छुट्याउने भने पनि कोटा र क्षेत्र सुनिश्चित नहँुदा ढुक्का हुने अवस्था नरहेको भन्दै उनीहरुले कोटा र क्षेत्र सुनिश्चित गर्नुपर्ने आवाज उठाएका छन । सहभागिहरुले एउटा दलले मेयर र उपमेयरमा महिला उठाउदा अर्को दलले प्रतिष्पर्धी पुरुष बनायो र पुरुषले जित्ने अबस्था आए चालिस प्रतिशत पनि गुम्ने बताए । कार्यक्रममा संघिय समाजबादी फोरमकी जिल्ला सदस्य अञ्जु खड्का र अनेमसंघ क्रान्तिकारीकी लता न्यौपानेले अहिलेको संविधानमा पनि महिलाको हकमा कतिपय विषयहरु स्पष्ट नहुदा अधिकार लिन समस्या भएको बताउनुभयो ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रीककी भुखनीदेवी माझीले शहरका महिलाले चासो दिएपनि ग्रामीण क्षेत्रका महिलाहरुले निर्वाचनमा खासै उत्साहन देखिएकोले जानकारीमूलक कार्यक्रम गर्न आबश्यक देखिएको बताउनुभयो । अन्तरपार्टी महिला संजाल मोरङका अध्यक्ष प्रमिला थापाले महिलाको कोटा र क्षेत्र छुट्याउन दवावमूलक कार्यक्रम आबश्यक देखिएको भन्दै मोरङमा यो अभियान शुरु गरिने बताउनुभयो ।

महिला अधिकारकर्मी रेणु अधिकारीले महिलाहरु विच एकता भए जुन सुकै पार्टीमा आस्था राखे पनि महिलाको सङख्या कायम राख्न सकिने बताउनुभयो । उहाले भाई फुटे गवार लुटे जस्तै महिला फुटे पार्टी लुटे नहोस भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: