अन्तराष्ट्रिय नारी दिवस भव्य मनाउने तयारी


प्रकाशित मिति :2017-03-06 18:02:38

महिला खबर
लमजुङ । १०७ औं अन्तराष्ट्रिय महिला दिवस मार्च ८ अर्थात फागुन २५ लमजुङमा विविध कार्यक्रम गरि मनाइने भएको छ । महिला हिंसा निवारण जिल्ला संयोजन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

महिला जागरण र सचेतना संवन्धी कार्यक्रम अन्र्तगत सदरमुकाम बेसीशहर स्थित शेरा चोकमा दीप प्रज्वलन गर्ने र सचेतना सम्बन्धी भिडियो प्रदर्शन गरिने कार्यक्रम छ । त्यस्तै जिल्लास्थित कार्यालय, आमा समुह समन्वय समिति तथा संघसंस्थाहरुको उपस्थितिमा ¥याली सहितको कार्यक्रम गरी चेतनामुलक लुडो खेल सञ्चालन गरिने जनाएको छ ।

महिला विकास अधिकृत बिष्णुकुमारी लामिछानेले बताउनुभयो । उहाँका अनुसार लुडो खेलमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्रहरी नायव उपरीक्षक, महिला विकास अधिकृत, महिलाहरुका भातृ संगठनका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु लगायत प्रमुखहरुले भाग लिनुहुनेछ । उहाँले स्थानीयस्तरमा गरेका सकरात्मक र नकरात्मक कार्यहरुलाई भ¥याङ र सर्पको पहिचान गरी सचेतना जगाउने खालका खेल सञ्चालन गरिने भएको बताउनु भयो ।

यसैगरी, महिला कर्मचारीहरुलाई म्युजिकल चेयर प्रतियोयिगता समेत गरिने भएको छ । दिवसमा गाउँस्तरमा महिला तथा बालबालिका कार्यालयबाट प्रवद्र्धित बन्सार, कुन्छा, धमिलीकुवा, महिला सहकारीहरु मार्फत विविध कार्यक्रम गर्ने जनाएको छ । सिन्दुरे र ताघ्रिङ गाविसमा आरसीडिसी मार्फत जोडी हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: