परिवारको सहमतिमै अन्तर्जातिय विवाह


प्रकाशित मिति :2017-03-06 18:12:31


महिला खबर

कपिलवस्तु । गत शुक्रबार जिल्लाको गुगौली, लोहरौलाका तिन्कुराम थारु र पत्थरदेइया, त्रिपालनगरकी मञ्जु विकले परिवारकै सहमतिमा विवाह गरे ।

दुवै पक्षका परिवारको सहमतिमा थारु जातिका केटा र दलित जातिकी केटीबिच अन्तरजातिय सम्बन्ध गाँसिएको हो ।

विवाहअघि केटाकेटीबीच कुनै चिनजान नभएपनि केटा पक्षले केटी मन पराएपछि विवाहको टुंगो लागेको थियो ।

अन्तर्जातिय हुनुका साथै केटा भन्दा केटीको उमेर बढि भएकोले सो विवाहले थप चर्चा पाएको थियो । उमेरले मञ्जु तिन्कुराम भन्दा ५ वर्षले जेठी हुन् । २२ वर्षका तिन्कुरामले २७ वर्षकी मञ्जुलाई घर भित्र्याउँदा दुवैको परिवारमा खुसीयाली छाएको छ ।

सरकारले समाजमा कायम रहेको जातीय भेद्भाव र छुवाछूतलाई निरुसाहित गर्न दलित र गैरदलितबीच विवाह गर्ने जोडीलाई विवाह गरेवापत प्रोत्साहन रकम दिँदै आएको छ । तर, प्रोत्साहन रकमको लागि नभइ समाजमा हालसम्म विद्यमान छुवाछुत र भेद्भावलाई निरुत्साहित गर्न दुवै परिवारको सहमतिमै विवाह गरेको नवजोडीको भनाई छ । मानव विकास सूचकांकमा ४७ औं स्थानमा रहेको कपिलवस्तुमा यो विवाहले जातिय विभेद हट्दै जान थालेको संकेत दिएको छ ।

सामान्य लेखपढ गर्ने तिन्कुराम खेतीपातीको काम गर्ने र ज्याला मजदुरी गर्छन् । यस्तै, मञ्जु पनि साक्षर छिन् र घरको कामकाजमा सघाउँछिन् । केटाले आफूलाई माग्न आएपछि मात्र चिनजान भएको मञ्जुको भनाइ छ । ‘कुराकानी गर्दा दुवैको मन मिल्यो, बाबुआमालाई पनि चित्त बुझेपछि हामीले विवाह गरेका हौं, अहिले सबैजना खुशी छौं ।’ दुवैले एकै स्वरमा भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: