कालीकोटका महिलालाई पुरुष सरह ‘समान’ ज्याला


प्रकाशित मिति :2017-03-07 13:21:34

मनिका बोहरा

कालीकोट । कालिकोटमा पहिलो पटक महिलाले पनि पुरुष सरह ज्याला पाएका छन् । रास्कोट क्षेत्रमा संचालित ग्रामिण पहुंच कार्यक्रमको तेस्रो चरणको सडक निर्माण कार्यमा सहभागि महिलाहरुले समान ज्याला पाएका हुन् ।

ग्रामिण पहुंंच कार्यक्रमले सडक निर्माणकार्यमा ३३ प्रतिशत महिला सहभागिता बनाउनुका साथै उनीहरुलाई पुरुष समान ज्याला दिएको जनाएको छ । आगमि दिनमा महिला सहभागिता अझ बढाउदै जाने साझेदार संस्था हेल्भेटांस स्विस ईन्टर कोअर्पेशन नेपालका नरजंग शाहीले बताउनुभयो ।

यस अघि जिल्लामा विभिन्न परियोजनाले महिला पुरुष समान ज्यालाको अवधारणा ल्याएको भए पनि प्रभावकारी हुन सकेको थिएन । जिल्ला विकास समिति कालीकोटले तोकेको दर रेटमा ज्यामी मजदुरको ज्याला ५ सय रुपैया तोकिएको भएपनि उनीहरुले ७ सय देखि ८ सय ५० रुपैयासम्म पाएका छन् ।

स्युना ४ की मनपुरा तिरुवाले यस अघि पुरुष भन्दा आधा कम पैसा पाउने गरेकामा यो पटक समान ज्याला पाएकोमा खुशी व्यक्त गरिन ।
पुरुषको दृष्टिमा महिलालाई कमजोर नजरले हेर्ने गरेका कारण महिला पछि परेको भन्दै अवसर पाए महिलाले हरेक काम गर्न सकिने स्थानिय महिला अगुवा तथा शिक्षिका देवका पुनले बताउनुभयो ।

रास्कोटका तीन गाविसमा ५४ वटा सडक निर्माण समुह, स्थानिय समन्वय समिति र सडक निर्माण उपभोक्ता समितिाा समेत महिला सहभागिता ३३ प्रतिशत रहेको बताएका छन । समुहका सदस्यहरुले काम गरेर प्राप्त गरेको कुल पारिश्रमिकको १० प्रतिशत अनिवार्य बचत समेत गर्ने नियम समेत बसाएका छन् । बचत आय आर्जनका लागि सदस्यहरुले परिचालन गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: