‘महिला कुशल व्यवस्थापक’ : अन्सारी


प्रकाशित मिति :2017-03-07 15:01:33

महिला खबर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले महिला एक कुशल व्यवस्थापक भएकाले राज्य र राजनीतिक दल दुवैले महिलाको क्षमता पहिचान र कदर गर्नुपर्ने बताउनु भएको छ ।

अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा हरियो वन कार्यक्रमका साझेदार संस्थाहरुद्धारा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक सय एक क्षमतावान महिला भएपनि राज्य र दल कसैले नचिनेको गुनासो गर्नुभयो । महिला एक कुशल व्यवस्थापक भएको विभिन्न अध्ययन र अनुभवले प्रमाणित गरिसकेको र यो क्षमता महिलाको जन्मसिद्ध क्षमता भएको उहाँको भनाई थियो ।

महिला सशक्तिकरणका लागि समान सहभागिता र सहकार्य जरुरी रहेको भन्दै यसले पुरुषको अधिकार हनन वा स्थान खोसिने नभई समाजलाई बलियो बनाउने उहाँले बताउनुभयो ।

कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्रालयका उपसचिब मधु घिमिरेले महिला सशक्तिकरणका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका विनिता भटराइले महिलाको विषय सवै क्षेत्रसँग गाँसिएको हुँदा सवै कार्यालय तथा संघसंस्थाहरुले महत्वका साथ महिलाका विषयमा जोड दिनुपर्ने बताउनुभयो ।


यसैगरि सामुदायिक वन उपभाक्ता महासंघका अध्यक्ष गणेश कार्की, डब्लुडब्लु एफका डा. घनश्याम गुरुङ, लगायतले वन व्यवस्थापनमा महिलाहरुले अतुलनिय योगदान गरेको भन्दै महिलाको व्यवस्थापनमा सुशासन कायम हुने बताएका थिए ।

महिला सम्मानको आधारः सीपियुक्त हात र स्वरोजगार भन्ने नाराका साथ भएको कार्यक्रममा हरियो वन कार्यक्रमले वन व्यवस्थापन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा योगदान पुरयाएको भन्दैसामाजिक अयिभानत ४ जना महिलालाई सम्मान गरे । सम्मानित हुनेमा स्याङजाका सावित्र विक, वर्दियाका कमला ज्ञवाली, नवलपरासीका कमला आले र चिनवनका डोमा पौडेल रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: