राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति महिला उत्थान कार्यक्रमको शुभारम्भ


प्रकाशित मिति :2017-03-07 23:50:12

पार्वती पाण्डे

कपिलवस्तु । राष्ट्रिपति बिद्यादेबी भण्डारीले अन्तर्राष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा बुद्धनगरी कपिलवस्तुको तौलिहवाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।

तौलिहवा स्थित बुद्धपद्म उमाबिको प्राङगढमा मंगलबार आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रथम चरणमा देशका ३० जिल्लामा संचालन गर्ने महिला उत्थान कार्यक्रमको उद्घाटन गर्दै औपचारिक रुपमा सुरुवात भएको घोषणा गर्नुभएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम २०७३ को कार्यबिधिको समेत बिमोचन गर्दै उहाँले ऐतिहासिक तथा पवित्र भूमिबाट कार्यक्रम सुरुवात भएकोमा महिला हिंसा न्यूनिकरणमा पनि सकरात्मक सन्देश जाने बताउनुभयो । उहाँले कार्यक्रममार्फत महिला सशक्तिकरणमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

उहाँले विकासमा महिला र पुरुषको समान सहभागीता हुनुपर्नेमा जोड दिदै कार्यक्रम सफल पार्न सवै एकजुट हुन समेत आग्रह गर्नुभयो । कार्यक्रम लगत्तै २७ जिल्लाका महिलाहरुद्धारा उत्पादित हस्तकला सामाग्रीको ३५ बढी स्टलको निरीक्षण गर्नुभयो ।
सो अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले प्रथम चरणमा विकासको दृष्टिले पछि परेको जिल्लाहरुमा संचालित कार्यक्रम क्रमशः बिस्तार गर्दै जाने योजना रहेको बताउनुभयो । मन्त्रालयका सचिव बिष्णु प्रसाद लम्सालले कार्यक्रमले महिलाहरुको बहुआयामिक सवालहरुलाई सम्बोधन गर्ने बताउनुभयो ।

कार्यक्रम संयोजक तथा सांसद अतहर कमालले राष्ट्रपति भण्डारी र मन्त्री खड्कालाई मायाको चिनो स्वरुप बुद्धको प्रतिमा प्रदान गरेका थिए । ३० जिल्लामा संचालन गरिने कार्यक्रमका लागि चालु आर्थिक बर्षमा ५ करोड ८८ लाख बजेट बिनियोजित गरिएको छ । कार्यक्रमले महिलाहरुको हक अधिकार, सीप विकास, उद्यमशीलता, कार्यक्षमता, सशक्तिकरण लगायत कार्यक्रम समेटेको बिभागकी अधिकृत रमा अधिकारीले जानकारी दिनुभयो ।

जस अन्र्तगत २५ जिल्लामा सेवा केन्द्र स्थापना गर्न ३ लाख ९६ हजारका दरले प्रदान गरिनेछ । यस्तै उद्यमशीलता विकासका लागि १० जिल्लामा १७ लाखका दरले र सीप तथा क्षमता विकासका लागि ३० जिल्लामा १६ लाखका दरले रकम दिइनेछ । कपिलवस्तुको तौलिहवामा राष्ट्रपति बिदेबी भण्डारीद्धारा राष्ट्रपति माहिला उत्थान कार्यक्रमको उद्घाटन गर्दै ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: