अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र नेतृ क्लारा


प्रकाशित मिति :2017-03-08 00:09:51


यशोदा अधिकारी

आज ८ मार्च । १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । ‘समान कामको समान ज्याला, समान रोजगार र अवसर’ भन्ने नारा सहित यो दिवस स्मरण गर्न थालिएको पनि एक सय २७ वर्ष वितिसकेको छ । दिवस मनाइरहदा यसको थालनीकर्ताको रुपमा सशक्त महिला नेतृ क्लारा जेटकिनको आज पनि संसारले नै स्मरण गर्दछ ।  

विश्वको महिला आन्दोलनको नेृतत्वकर्ता क्लाराको सक्रियतामा सन् १८८९ मार्च ८ मा पेरिसमा पहिलो पटक श्रमिक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । उक्त सम्मेलनमा विश्वका हजाराँै महिला सहभागी थिए । विशाल सम्मेलनमा क्लाराले महिलाको समान अधिकारको माग गरेकी थिइन् । त्यो नै महिलाको अधिकारको लागि उठाइएको पहिलो आवाज थियो ।

त्यसैबेला देखि ८ मार्चलार्ई हरेक वर्ष महिला अधिकार र महिला मुक्तिका लागि गरिएको संघर्षको दिनको रूपमा विश्वभर स्मरण गर्न थालिएको हो । ८ मार्चलार्ई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा बनाउने प्रस्ताव भने सन् १९१० मा भएको दोस्रो सम्मेलनले पारित गरि सन् १९११ मार्च ८ देखि औपचारिक रुपमा विश्वभर मनाउन थालिएकोे हो ।

सदियौंदेखि विश्वका महिलाहरूले सहदै आएका उत्पीडन, दमन शोषणका विरुद्ध पहिलो पटक खुलेरै विरोध गर्ने महिला योद्धा क्लाराको जन्म सन् १८७२ मा जर्मनको लिपगिजमा एक सामान्य परिवारमा भएको थियो । उनको बाबु आमा शिक्षण पेशामा संलग्न थिए । ‘हुने विरुवाको चिल्लो पात’ उनी सानैदेखि विद्रोही स्वभावकी थिइन् । निडर पनि । उनको बाल्यकाल सामान्य रुपमै वित्यो । प्रारम्भिक शिक्षापछि उनले पनि बाआमाकै बाटो रोजिन् । क्लारा शिक्षक बनिन् । त्यतिखेर आफ्नो पढाईका लागि आफैले खर्च पु¥याउनुपर्ने बाध्यता उनमा थियो ।

पढाउँदै र पढ्दै उनले उच्च शिक्षा पूरा गरेरै छाडिन् । जुनबेला विश्वमै महिलाहरूको स्थिति अत्यन्तै नाजुक थियो । थिचोमिचो अन्याय अत्याचार सहेर बस्नु बाहेक अधिकारका लागि कसैले खुलेर बोल्न सक्ने अवस्था थिएन । यद्यपि दमन, शोषण र उत्पीडन सहेर बस्न बाध्य बनाइएका विश्वका केही महिलामा चेतनाको विकास भइसकेको थियो । उनीहरू एक्लै आवाज उठाउन सक्ने अवस्थामा थिएनन् । सदियौंदेखि चल्दै आएको सामन्ती संस्कार, परम्परागत कुरीतिविरुद्ध जर्मनीका अग्रगामी महिलाहरूले भने उत्पीडनविरुद्ध ससाना आन्दोलनहरु सुरु गरिसकेका थिए । उच्चशिक्षा पूरा गरिसकेपछि क्लाराले जर्मनमा भर्खरै सुरु भएका त्यस्ता ससाना महिलामुक्ति आन्दोलनबारे थाहा पाइन् ।

सानैदेखि अधिकारका लागि आफै अगाडि सरेर लड्नुपर्छ भन्ने मान्यता बोकेकी क्लाराले उच्चशिक्षा हासिल पूरा गरेपछि जर्मनमा भएको महिलामुक्ति आन्दोलनको नेतृत्व गरिरहेका अगस्तसिस्टलार्ई भेटिन्् । अगस्तसिस्टलार्ई भेटेपछि उनी पनि महिलामुक्ति आन्दोलनमा होमिइन । माक्र्स र एङ्गेल्सको विचारबाट प्रभावित क्लाराको आन्दोलनको लक्ष्य समाजवादी राज्य व्यवस्था नै थियो । समाजवादी राज्य व्यवस्थामा मात्रै महिलाले मुक्ति पाउने उनको धारणा थियो । त्यसैले उनले त्यतिबेला नै ‘समाजवादी पार्टी’को सदस्यता लिइसकेकी थिएन् ।

त्यतिखेर जर्मनका निरंकुश शासक विस्मार्कले असाधारण कानुन लागु गरी समाजवादको नारा लिएर अगाडि बढ्न खोज्नेहरूलार्ई दमन गर्न खोजे । दमनका विरुद्धमा कोही खुलेर लाग्न सकेनन् । विश्वमा पिल्सिएर रहेका आम महिलाको मुक्तिका लागि एक भएर लड्न आह्वान गर्दै क्लाराले विस्मार्कको निरंकुश शासनको खुलेर विरोध गरिन् । विस्मार्कको शासन विरुद्ध बोल्ने उनी पहिलो नागरिक थिइन् ।

संघर्षका दिनहरुमा रुसका क्रान्तिकारी युवा ओसियतासँग उनको भेट भयो । ओसियता पनि क्लाराजस्तै समाजवादी विचारधारा लिएर सामन्ती शासन विरुद्ध आवाज उठाउँदै आएका एक सशक्त युवा थिए । ओसियतासँग भेट भएपछि दुवै एकसाथ विस्मार्कको शासनविरुद्ध लागे । जनताको अधिकारका पक्षमा नारा धन्काइरहेकै अवस्थामा दुवै जनालार्ई सन् १८८० मा जर्मन सरकारले पक्राउ ग¥यो । दुई वर्षपछि उनीहरू रिहा भए । एउटै विचार अनी एउटै मार्गमा हिँडेका क्लारा र ओसियताले सन् १८८२ मा फ्रान्समा विवाह गरे । क्लाराभन्दा ओसिया समाजवादका विज्ञ नै थिए । पेरिसमा रहँदा क्लाराले ओसियासँग समाजवादको विषयमा गहिरो अध्ययन गरिन् । पेरिसमै उनका दुईवटा छोरा जन्मिए । सन् १८८८ मा ओसियाको आकास्मात् मृत्यु भयो । उनको पतिको मृत्युपछि क्लारा आफ्ना दुई छोराहरू लिएर जर्मन फर्किन् । जर्मन फर्केर महिलाका विषयहरू सशक्त रूपमा आवाज उठाउनकै लागि महिला सम्बन्धी पत्रिका निकालिन् र उनी आफैँ पत्रिकाको सम्पादक भइन् ।

८ मार्च १८८९ मा पेरिसमा श्रमिक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन थियो । क्लाराले त्यो सम्मेलनको नेतृत्व गरिन् । अन्ततः उनकै नेतृत्वमा विश्वका हजाराँै महिलाहरू अधिकारको खोजिमा पेरिस पुगेर एकताको हात एकसाथ उठाए । त्यतिखेरसम्म विश्वमा महिलहरूले कुनै अधिकारको उपभोग गर्न पाएका थिएनन् ।

उत्पीडन सहेर बस्न बाध्य भएका महिलाहरूका मुक्तिका लागि क्लाराले महत्वपूर्ण भूमिका खेलिन् । क्लारा नै महिला अधिकारको लागि आवाज उठाउने सशक्त नारी थिइन् । महिला अधिकारको लागि मात्रै होइन, पहिलो विश्वयुद्ध चरम विन्दुमा पुगेको बेलामा पनि उनले विश्वमा शान्तिको आवाज उठाएकी थिइन् । प्रजातन्त्र र शान्तिका लागि सन् १९१५ मा जर्मनीको वोनमा महिलाहरूको विशाल भेला आयोजना गरिएको थियो । त्यस सम्मेलनमा विश्वभरीका हज्जारौं अग्रगामी महिलाहरू सहभागी भएका थिए । त्यस सम्मेलनमा क्लाराले राखेको शान्ति प्रस्ताव सर्वसम्मत पारित गरिएको थियो । उनको पहलमा पारित भएको ‘शान्ति प्रस्ताव’ले विश्वमै चर्चा पायो ।

पुरुषहरूले समेत गर्न नसकेको सहासिक कार्य गरेपछि उनीदेखि विश्वका राजनेताहरू थर्कमान भए । प्रथम विश्वयुद्ध चालिरहँदा ‘शान्ति प्रस्ताव’ पारित गरेको आरोपमा जर्मन सरकारले क्लारालार्ई गिरफ्तार ग¥यो । उनको गिरफ्तारको विरोधमा विश्वभरीका महिलाहरूले आन्दोलन गरे । सडक तताए । लामो आन्दोलनपछि बाध्य भएर जर्मन सरकारले उनलार्ई मुक्त ग¥यो ।

महिलाको अधिकारसँगै मानव अधिकारका पक्षमा सक्रिय रुपमा लागेकी क्लारा मुक्त भएपछि उनी संलग्न पार्टीभित्रै पनि विवाद उत्पन्न भयो । पार्टीमा यथास्थितिवादीहरुको बर्चस्व बढ्दै गयो । महिलाको मुद्दा उठाएकै कारण सन् १९१७ मा उनलार्ई समाजवादी पार्टीको केन्दी्रय सदस्यताबाट हटाइयो । क्लाराले लेनिनको विचारलाई समर्थन गर्दै सन् १९१८ मा आफ्नै नेृतत्वमा जर्मन कम्युनिष्ट पार्टीको स्थापना गरिन् । त्यसबेला राजनिति पुरुषहरूका लागि मात्रै हो भन्ने मान्यता थियो । महिलाहरू घरभित्रै बस्नुपर्छ भन्ने तत्कालीन समाजको विरुद्धमा राजनीतिक पार्टीको नेृतत्व गर्दै महिला र पुरुषको समानताको पक्षमा उनले विभिन्न वहसहरू चलाइन् ।

महिला श्रमिकमाथि भएको चरम विभेद र शोषणको विरोधमा उनले उठाएको आवाजले चरम रुप लियो । ‘समान कामको समान ज्याला, समान रोजगार र अवसर’ को नारा लिएर महिला अधिाकारका लागि लड्ने विश्वकै पहिलो महिला नेतृ क्लारालाई आज विश्वले सम्झने गर्दछन् । महिलाको अधिकार मानव अधिकार भन्दै लड्ने क्लाराले जीवन महिला अधिकारका लागि समर्पण गरिन् । सन् १९५२ मा उनको निधन भयो । यदापि उनले त्यसबेला उठाएका महिला समानता र स्वतन्त्रताको मुद्धामा विश्वका अग्रगामी महिलाहरू अझै संघर्षशील छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: