विभेद सहन बाध्य छन् श्रमिक महिला


प्रकाशित मिति :2017-03-08 12:56:02

सदरमुकाम चरिकोटमा काम गर्दै श्रमिक महिलासर्मिला बुढाथोकी

दोलखा । सदरमुकाम चरिकोटमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको चहलपहल भइरहँदा दोलखा आलम्पु गाविसकी देवी थामी घर ढलान, टाईपिङ र डण्डी बाँन्दै थिइन् । केही समय अघि बालुवा बोक्दा लडेर खुट्टा भाँच्चिएपछि देवीले ढलानको काम शुरु गरेकी थिइन् । अपाङ्ग श्रीमान् र ४ छोराछोरीको पालन पोषणको जिम्मा उनकै भएकोले अशक्त भएपनि देवीलाई काम गर्नैपर्ने बाध्यता छ । तर, काममा महिला र पुरुष भनेर विभेद हुँदा उनलाई दुःख लाग्छ । ‘ढलान गर्दा तार बाँध्ने, टाईपिङ गर्ने र रड मिलाउने काममा विशेष मेहनत गर्नुपर्छ । चाहे त्यो महिलाले गरुन वा पुरुषले । तर महिलाले गर्दा कम ज्याला अनि पुरुषले गर्दा त्यही कामको बढी पाउने कस्तो विडम्बना’, उनी दुखेसो गर्छिन् ।

दोलखा झुलेकी बालकुमारी काफ्ले पनि मजदुरी नै गर्छिन् । तर काम लगाउने मालिकहरुले न सम्मानजनक व्यवहार गर्छन्, न पुरुष सरह ज्याला दिन्छन् । हरेक बर्ष महिला दिवस मनाइरहदा उनीहरुलाई कुनै फरक परेको छैन । न त्यस्ता कार्यक्रममा भाग लिन पाउछन्, न त दिवसले उठाएका मुद्धाले नै उनीहरुलाई फरक परेको छ । भन्छिन्– ‘दिवसले हामी जस्ता पीडित महिला मजदुरको गुनासो सुनवाई हुनुप¥यो, उस्तै काम अनि ज्याला चाहि महिलालाई कम पाउने ?’ उनको प्रश्न छ । ज्यालामा काम गर्दा पुरुष सहकर्मीबाट हेला भएपछि ठेक्का पट्टाको काम शुरु गरेको बालकुमारीको सुनाइन् ।

जिल्लामा भवन निर्माणको काम गर्दै आएका निर्माण व्यवसायी उपेन्द्र सहनी भने महिलाहरुमा सीप नभएका कारण समान ज्याला नपाएको बताउँछन् । उनले महिला कामदारलाई ६ सय र पुरुष कामदारलाई ७ सय रुपैया दैनिक ज्याला दिने गरेका छन् । सहनी भन्छन्, ‘सीप भएका महिला भए ज्याला बराबरी दिएर नै काम लगाउँछु ।’ गैरीमुदी गाविसकी लक्ष्मी नेपाली भने सीप नभएकै कारण सस्तो ज्यालामा काम गर्न बाध्यता भएको स्वीकार्छिन् । घर बनाउने काममा महिलालाई ५ सय र पुरुषलाई १ हजार रुपैयाँसम्म ज्याला दिने गरिन्छ । बालकुमारी भने महिलाहरुसँग सीप भए पनि विश्वास नै नगर्ने अनुभव सुनाउँछिन् ।

जिल्लामा रहेको ज्याला निर्धारण समितिले ज्यालामा महिला र पुरुष भनेर विभेद नगरेको बताउँदै आएको छ । समितिले दक्ष र अदक्ष जनशक्तिको आधारमा ज्याला निर्धारण गरेको तर महिला र पुरुष कामदार भनेर विभेद नगरेको जिल्ला विकास समिति दोलखाका इन्जिनियर नारायण शिवाकोटी बताउँछन् । सरकारी मापदण्ड अनुसार पुरुष या महिला जो भएपनि दक्ष जनशक्तिलाई दैनिक ७ सय ३५ र अदक्ष जनशक्तिलाई दैनिक ५ सय २५ रुपैयाँ ज्याला दर निर्धारण गरिएको शिवाकोटीले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: