राष्ट्रपतिद्वारा महिला दिवसमा शुभकामना


प्रकाशित मिति :2017-03-08 18:57:27

महिला खबर

काठमाडौं । १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राष्ट्रपति विधादेवि भण्डारीले आज राष्ट्रपति निवास शितलनिवासमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्नुभयो । भण्डारी राष्ट्रपति भएपछि गत बर्षदेखि महिला दिवसको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्न थालिएको हो ।


सहभागीहरुलाई शुभकामना दिदै उहाँले पछिल्लो समय हरेक क्षेत्रमा महिला सहभागिता र नेतृत्व बढ्दै जानु उत्सहजनक भएको बताउनुभयो । हरेक क्षेत्रमा महिला र पुरुषको समान सहभागिता, सहकार्य र सहमतिको खाँचो रहेको औल्याउनुभयो । छोटो शुभकामना मन्तव्यपछि राष्ट्रपति भण्डारीले सहभागी सबैलाई भेटेर शुभकामना अदानप्रदान गर्नुभएको थियो ।


कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधान न्यायधिश शुशिला कार्की, सभामुख ओन्सरी घर्तीमगर, सांसदहरु, संचारकर्मी, सिनेकर्मी, सामाजिक तथा राजनितिक क्षेत्रका अगुवाहरु एवं विभिन्न संघसंस्थाका महिला नेतृहरुको उपस्थिति रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: