महिला दिवसमा पुरुष पदयात्रा


प्रकाशित मिति :2017-03-08 19:19:28

काठमाडौँ । केही संस्थाले १०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन्देशमुलक र परम्परागत भन्दा भिन्न ढङ्गले मनाएका छन् ।

उनीहरूले महिला अधिकारको विषय महिलाको मात्रै नभई पुरुषको पनि भएको भन्दै पुरुषमात्रै सहभागी भएर ¥यालीको आयोजना गरे ।

परिवर्तनका लागि पदयात्रा भन्ने नारा सहित ‘मेन फर वीमन’ लेखिएको व्यानर बोकेर झन्डै २ सय जना पुरुष ¥यालीमा सहभागी भएका थिए ।
पुरुषसँगको सहकार्य र उनीहरूसँगको हातेमालो विना महिला अधिकार प्राप्त हुने सम्भव नदेखिएकाले यस्तो कार्यक्रम गरेको आयोजकले बताए । महिला अधिकार प्राप्ति, महिलामाथि हुने हिंसा र शोषण अन्त्य गर्ने अभियान अब महिलाकोमात्रै नभई पुरुषको पनि हुनुपर्छ भन्ने उद्देश्यले यो ¥याली निकालिएको आयोजकहरुको भनाइ छ ।

परम्परागत, रुढीवादी सोचाइ र मान्यतालाई चिर्दै र महिला समानताका लागि महिलाका मात्रै आवाज र अभियान अपुर्ण रहेकाले समानता र सामाजिक न्यायकायम गर्न यो अभियान निरन्तर चलाइने आयोजक मध्येका एक नेपाल वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले बताउनुभयो ।

यो अभियान अब केही संघसंस्थाकोमात्रै नभई यो व्यापक विस्तार हुनुपर्ने फ्रीडम फोरमका वरिष्ठ कार्यकारी अधिकृत तारानाथ दाहालले बताउनुभयो । कार्यक्रम यी दुई संस्था लगायत एण्टेना फाउण्डेसन, रेष्टलेस डेभलपमेण्ट र डान्स फर लाइफले आयोजना गरेका हुन् । पदयात्रा ललितपुरको जाउलाखेलबाट सुरुभइ मान भवन, कुमारी पाटी, लगनखेल वसपार्क हँुदै मगंलबजारस्थित दरबार स्क्वायरमा पुगेर टुंगिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: