देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो (फोटोफिचर)


श्रमिक महिलालाई सम्मान

प्रकाशित मिति :2017-03-09 17:07:51

महिला खबर

काठमाडांंै । १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायत महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले हिजो काठमाडौँमा चेतनामूलक प्लेकार्ड सहित रयाली र विविध कार्यक्रम आयोजना गरिएको थियो ।

‘महिला सम्मानको आधार, सिपयुक्त हात र रोजगार, बदलिँदो परिवेशमा कामकाजी महिला ः २०३० सम्म बराबरी पाइला’ भन्ने मूल नारासहित दिवस मनाइएको हो । प्लेकार्डमा महिलाभित्रको सशक्तिकरण सुनौलो भविष्यको आधार, हिंसाविरुद्ध महिला पुरुष एक होऔं, हिंसामूक्त परिवार हामी सबैको सरोकार, अब महिला पर्खंदैन अधिकार नलिई फर्कंदैन जस्ता नारा उल्लेख गरिएको थियो ।

दिवसको अवसरमा बेनीमा महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलासँग सम्बन्धित विभिन्न मागहरू लेखिएका प्लेकार्ड बोकेर ¥याली निकालिएको थियो । महिला अधिकारका नारा लगाउँदै सदरमुकाम बेनीबजारको परिक्रमा गरेको ¥याली सहिद स्तम्भचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

यसै गरी, महिला सञ्जाल इटहरीले सुनसरीको रिलायन्स रिलायन्स स्पिनिङ मिलका श्रमिक महिलालाई महिला हक र अधिकारका बारेमा जानकारी गराएको छ । महिला दिवसको अवसर पारेर सो उद्योगमा कार्यरत श्रमिक महिलालाई समाजकाममा समान ज्याला लगायतका विषयमा सचेत गराएको हो । कार्यक्रममा महिला सञ्जाल इटहरीकी अध्यक्ष लक्ष्मी गौतमले समान ज्याला र श्रमको अधिकारको लागि मनाइने दिवसमा महिला श्रमिकहरूले बिदा पाउनु पर्ने बताउनुभयो् ।

श्रमिक महिलालाई सम्मान

दोलखामा विभिन्न क्षेत्रमा मजदुरी गर्दै आएका पाँच जना महिलालाई सम्मन गरिएको छ । तामाकोशीको बगरमा ३२ वर्ष देखि निरन्तर गिटी कुटेर जिविकोपार्जन गर्दै आउनु भएकी ७२ बर्षिया मैया राई, ज्यामी काम गरी हाल निर्माण सम्बन्धी काम गरिरहनु भएकी दोलखा झुलेकी बाल कुमारी काफ्ले, रङरोगन काम गर्दै आउनुभएकी भीमेश्वर नगरपालिकाकी राममाया विक, गिटि बालुवा बोक्ने तथा ढलान सम्बन्धी काम गर्दै आउनुभएकी देवी थामी र किशोरी अवस्थामा प्लम्बर मजदुरको रूपमा काम गर्दै आउनु भएकी सुदिका श्रेष्ठलाई नगद सहित सम्मान गरिएको हो ।

उहाँहरूलाई काम गर्न थप प्रेरणा दिन सम्मान गरिएको निमित्त महिला विकास अधिकृत सुर्जा दहालले बताउनुभयो । महिला दिवसको अवसरमा सम्मानित दोलखाका मजदुर महिलाहरू ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: