प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधी शसस्त्रलाई


प्रकाशित मिति :2017-03-09 17:34:11

महिला खबर

सुनसरी । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधी शसस्त्र प्रहरीले जितेको छ । इटहरीको डिभीएम क्रिकेट खेल मैदानमा सम्पन्न फाइनल खेलमा एपीएफले सुदूरपश्चिमाञ्चललाई ८ विकेटले पराजित गर्दै उपाधी जितेको हो ।

उपाधीसंगै एपीएफले नगद एक लाख रुपैया र टफी पाएको छ । उपबिजेता सुदुरपश्चिमाञ्चलले ५० हजार रुपैया प्राप्त गरेको छ । उपाधी विजेता शसस्त्र प्रहरीको एपिएफ टिमकी खेलाडी रीतु कनौजियाले ३ विकेट तथा सीता रानामगर र सङ्गीता रानामगरले १–१ विकेट लिए । विजेता एपिएफक खेलाडीहरु सरिता मगरले २२ र सीता रानामगरले १६ रनको साझेदारीको योगफल तयार पारे । प्रतिस्पर्धामा दोस्रो हुँदै ५० हजार नगद राशीको पुरस्कारमा चित्त बुझाएको सुदूरपश्चिमाञ्चल टिम २० ओभरको खेलमा ७ विकेटको नोक्सानीमा ५७ रनमा सिमित बनेको थियो ।

जसमा सम्झना खड्काले १६ रनको योगफल तयार गर्ने बाहेक अन्य खेलाडीहरुले दोहोरो रनको साझेदारी बनाउन सकेनन । प्रतियोगितामा एपिएफकी सीता रानामगरले सिरिज अफ द टुर्नामेण्टको उपाधीसँगै १० हजार नगद प्राप्त गरिन् । सुदूरपश्चिमाञ्चलकी रीतु कनौजियाले प्लेयर अफ द फाईनलको उपाधीसँगै ५ हजार तथा सोही टिमकी रेखा रावलले उत्कृष्ठ ब्याट्ओमेनसँगै ५ हजार नगद प्राप्त गरिन । त्यस्तै शसस्त्र प्रहरीकी करुणा भण्डारीले प्रतिस्पर्धाको बेष्ट बलरको उपाधीसँगै ५ हजार नगद जितेको आयोजक रााष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: