मार्च १८ देखि महिला प्रिमियर लिग हुने


फुटबलमा महिला आउनुपर्छ : अनु लामा

प्रकाशित मिति :2017-03-09 18:29:44

महिला खबर

काठमाडौँ । यही मार्च १८ अर्थात अगामी चैत ५ गतेदेखि काठमाडौँमा महिला फुटबल प्रिमियर लिग हुने भएको छ । मार्च १८ देखि मे ६ तारिकसम्म हुने लिगको अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधवार मैत्रीपूर्ण खेल खेलेर शुभरम्भ गरिएको थियो ।

सो अवसरमा बोल्दै राष्ट्रिय महिला फुटबल टोलीका क्याप्टेन अनु लामाले महिलालाई फुटबलतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताहरु हुन आवश्यक रहेको बताउनुभयो । यसले तल्लो तहदेखि खेलाडी पहिचान हुने र भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत टेवा पुग्ने उहाँको भनाई थियो ।

हरेक शनिवार ८ हप्ता सञ्चालन हुने लिगमा ५÷५ जनाको एक टोली बनाई कुल ८ टिम बिच प्रतिस्प्रर्धा गरिने जनाएको छ । युरोपियन युनियनको सहयोगमा बि युनाइटेडले आयोजना गर्न लागेको लिगमा स्थानीय क्लब, स्कुल र कलेज जाने किशोरीलाई फुटबल खेल्न प्रेरित गरिने बि युनाइटेका जोहना मोरिसनले बताउनुभयो ।

परिवर्तनका लागि सहास भन्ने नारा सहित आयोजना गर्न लागेको लिग प्रतियोगिताले महिला स्वास्थ्य र महिलालाई फुटबल खेलप्रति आकर्षित गर्ने उद्देश्य लिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: