‘म बाट महिलावाद’ कविता वाचन प्रतियोगिता


प्रकाशित मिति :2017-03-09 19:02:21

महिला खबर

काठमाडौं । १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विहिबार ‘म बाट महिलावाद’ सम्बन्धी कविता वाचन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ ।

सेन्टर फर रिप्रडक्टिभ राइट्स, महिला, कानुन र विकास मञ्च नेपाल तथा वर्ड वारियर्सको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा विभिन्न ५ वटा कानुन कलेजबाट १४ जना विद्यार्थीहरु सहभागी भएका थिए । सहभागीहरुले महिलाको प्रजनन् अधिकारका विषयमा विभिन्न कविता सुनाएका थिए ।

कार्यक्रममा व्यवस्थापिका संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जु कुमारी झाले नेपालको संविधानमा उल्लेख भएको प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी मौलिक हकलाई स्थापित गर्नको लागि प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी कानुन छिट्टै आउने र त्यसको लागि हर सम्भव प्रयास गरिरहेको जानकारी दिनुभयो ।

सहभागीहरु मध्येबाट रोशनी खड्का प्रथम, निश्मा शाह द्वितीय र लक्ष्मी कार्की तृतीय हुनुभएको थियो । वोर्ड वारियर्सले म बाट महिलावाद मा रहेर विभिन्न कविता वाचन गरेको थियो । सो अवसरमा महिला, कानुन र विकास मञ्चले तयार पारेको म्युजिक भिडियो ‘नागरिकता विहिन’ प्रदर्शन गरिएको थियो भने कानुन अधिकार सम्बन्धी जानकारी दिने ‘मेरो अधिकार’ नामक मोबाइल एप पनि विमोचन गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: