सहमतिबिना स्थानीय निर्वाचन असम्भवः सुजाता कोइराला


प्रकाशित मिति :2017-03-09 19:32:05

महिला खबर

भक्तपुर । नेपाली कांग्रेसका नेता सुजाता कोइरालाले राष्ट्रिय सहमतीबिना स्थानीय निर्वाचन सम्भव नभएको बताउनुभएको छ । रफत सञ्चार क्लवमा विहिबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता कोइरालाले सबै दलको सहमति नभई घोषणा गरिएको निर्वाचन सम्भव नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तीन दल मिल्नुको विकल्प छैन, सबै दल मिलेर चुनावमा जानुपर्छ ।’ उहाँले सबैभन्दा ठूलो राष्ट्र भएको भन्दै राष्ट्र कमजोर बनाएर कोही पनि माथि पुग्न नसक्ने बताउनुभयो ।

दलहरुबीच बारम्बार झगडा गर्ने, समस्या ल्याउने र कुनै न कुनै बहानामा झगडा भइरहँदा नेपालको बदनाम भएको उहाँले बताउनुभयो । सबैले संयमता र धैयता गरेर निर्वाचनमा जानुपर्नेमा उहाँको जोड दिनुभयो ।

उहाँले मधेशी मोर्चाको संविधान संशोधनको मागलाई कहिँ कतै संमावेश गर्न आवश्यक भएपनि पूर्ण रुपमा सबै कुरा एकैचोटी संविधानमा समावेश गर्न नसकिने बताउनुभयो । उहाँले मधेशी मोर्चालाई समेटेर मात्र निर्वाचनमा जानुपर्नेमा जोड दिर्दै उहाँले मधेशी मोर्चाबिनाको निर्वाचन सम्भव नभएको बताउनुभयो ।

उहाँले सप्तरी काण्ड घट्नुको मुख्य कारण सरकारको कमजोर सुरक्षा नीति भएको बताउँदै सरकारले गम्भीर रुपमा नलिएकोले यस्तो समस्या आएको उल्लेख गर्नुभयो । कुनै पनि पार्टीले शान्तिपूर्ण सभा समारोह गर्न पाउने बताउँदै उहाँले एमालेका नेता कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताले संरक्षण गरेर जोगाएको दावी समेत गर्नुभयो । उहाँले सप्तरी काण्डले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा बदनामी भएको बताउँदै आगामी दिनमा यस्ता घटना घट्न दिन नहुने बताउनुभयो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका कोइरालाले नेपाल अहिलेसम्मकै कुटनीतिमा कमजोर भएको बताउनुभयो । राष्ट्रिय राजनीतिमा कुनै पनि पार्टीमा छलफल हुन नगरेको बताउँदै उहाँले कांग्रेसमा समेत छलफलको अभाव हुने गरेकोे बताउनुभयो ।

उहाँले तत्काल सरकार परिवर्तनले कुनै निकास नदिने बताउनुभयो । ‘सरकार गठन, विघटनभन्दा राष्ट्रिय राजनीतिको समस्या हल गर्न सबै लाग्नुपर्छ, व्यक्तिगत स्वार्थमा नलागी राष्ट्रको विषयमा सोच्नुपर्छ’, उहाँले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: