‘महिलाका सकरात्मक विषय, संचारले प्राथमिकता दिनुपर्छ’


प्रकाशित मिति :2017-03-10 12:21:43

अस्मिना पाण्डे
बुटवल । संविधानले दिएका महिला अधिकारलाई व्यवहारमा उतार्न सञ्चार माध्ययमले सकारात्मक भुमिका खेल्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

सञ्चारिका समूह लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको सञ्चार माध्ययममा महिला विषयक अन्तरक्रियामा सहभागीले यस्तो बताएका हुन् । कूल जनसंख्यामा ५१ प्रतिशत महिला भएपनि महिलाका विषय संचार माध्यममा समय सान्दर्भीक र समस्या केन्द्रीत रुपमा उठान गर्न नसकेको उनीहरुले गुनासो गरे । यसले महिलाले पाएका अधिकार र उपलब्धीलाई जनस्तरसम्म पुर्याउन र हिंसा विरुद्धका अभियानलाई शसक्त बनाउन नसकिएको बताए ।

महिला तथा बालबालिका कार्यालयकी प्रमुख शारदा वस्यालले सञ्चार माध्यम आवाज विहिन भएकाले महिलामा पनि विपन्न र पछाडि पारिएकालाई अगाडि ल्याउने खालमा विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । यसका लागि सञ्चार गृह तथा सञ्चार सस्थामा पत्रकार महिलाको संख्या बढाउन, लैंगिक नीति अपनाउन र लैंगिक विषयमा तालिम संचालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै नमुना एकिकृत विकास परिषदकी अध्यक्ष ज्ञानु पौड्यालले सञ्चारमाध्ययमले महिलाका घटना केन्द्रीत समाचार मात्रै प्रकाशन प्रशारण गरेकाल अब समाधान र सफलताका कुरालाई जोड दिनुपर्ने बताउनुभयो । गैर सरकारी सस्था महासंघकी केन्द्रिय सदस्य सुमित्रा शर्माले महिला अधिकारको विषय मानव अधिकारको विषय भएको बताउनुभयो । सञ्चारिका समूह लुम्बिनीका सल्लाहकार माया गौतमले महिलाका विषय महिला पत्रकारले मात्रै उठाउने परिपाटी अन्त्य गर्नुपर्ने बताउनुभयो । अनेमसंघकी केन्द्रीय सदस्य विमला पन्थीले स्थानीय निकायको निर्वाचनमा बढी भन्दा बढी महिला सहभागी गराउन र प्राप्त उपलब्धी सस्थागत गर्न पनि सञ्चार माध्ययमले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले सञ्चारकर्मीलाई महिलाका विषय उठानका लागि सीप र दक्षताको कमी भएको बताउनुभयो । जिविस रुपन्देहीको सहयोगमा आयोजित कार्यक्रम सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको अध्यक्षता सचिव इन्दिरा भण्डारीको सञ्चालन र उपाध्यक्ष निरु गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: