महिला उद्येमीलाई सहुलियत ऋण


प्रकाशित मिति :2017-03-10 18:15:08

सर्मिला बुढाथोकी

दोलखा । उद्येमी बन्न चाहने महिलाका लागि घरेलु तथा साना उद्योग विकास समिति दोलखाले सहुलियत ऋण दिने भएको छ । यही वर्ष २०७३/०७४ देखि महिला उद्यमीका लागि विना धितो सहुलियत ऋण दिने घरेलुका प्राविधिक प्रमुख विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्योग विभाग त्रिपुरेश्वर काठमाण्डौले ऋण मागको प्रताव पेस गर्न सूचना जारी गरे पछि दोलखामा सहुलियत ऋणका लागि २० जना महिलाले आवेदन दिएको श्रेष्ठले बताउनुभयो । व्युटिपार्लर, सिलाई कटाई, साबुन उद्योग, कृषि फर्म लगायतको उद्योग दर्ता गरेर २० जना महिलाले आवेदन दिएकोमा १३ जनाको आवेदन स्वीकृत गरिसकेको श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सहुलियत ऋण १ लाख देखि ५ लाख रुपैयासम्मको हुनेछ । व्याजदर ६ प्रतिशत भए पनि मासिक रूपमा बुझाए १ प्रतिशत छुट हुने जनाएको छ ।

सरकारले महिलाका लागि उद्योग दर्ता शुल्कमा पनि ३५ प्रतिशत छुटको व्यवस्था गरेको छ । उद्यम गर्नका लागि अनिवार्य उद्योग दर्ता गर्नुपर्ने र आवश्यक प्रक्रिया पुरयाएर जुनसुकै महिलाले पनि सहुलियत ऋणका लागि आवेदन दिन सकिने श्रेष्ठले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: