आवास पुन: निर्माणमा एकल महिला अगाडि


प्रकाशित मिति :2017-03-12 16:35:36

विदुर आचार्य

सिन्धुपाल्चोक । फुल्पिङडाँडा–१ की ७२ वर्षिय एकल महिला पाङ्खुमाई तामाङले जाडो नसकिदै सुरक्षित घर वनाइसकेकी छन् । भूकम्पपछि आवास पुन निर्माण कार्यक्रम अन्र्तगत सरकारले दिएको पहिलो किस्ता ५० हजारसँगै गाँउकै कृषि सहकारी संस्थावाट २ लाख ५० हजार ऋण लिएर उनले घर बनाएकी हुन् । सरकारले तोकेको मापदण्ड अनुरुप आवास निर्माण गर्ने उनी वस्तीकै पहिलो हुन् ।

समुदायका अन्यले घर निर्माण सुरु गर्नु अघि नै उनले आफ्नो घर बनाएर नमुना बन्न सफल भएकी छन् । घर बनाउन सकेपछि उनले लाभग्रही सूचीमा दोस्रो किस्ताको लागि समेत सिफारिस भएकी छन् । उमेरले सात दशक काटेकी तामाङ एकल मात्र नभएर घरको एक्ली सदस्य समेत हुन् । ०७२ को विनासकारी भूकम्पले घर ढालेको २१ महिनासम्म पुन निर्माणको काम हुन नसकेमा अहिले आफै जागरुक भएर उनले घर ढड्याएकी हुन् ।

गोल्चे–२ बैकुण्ठेकी संगिता तामाङको पनि वस्तीभरीमा नमुना घर वनेको छ । भूकम्पमा बुबाआमा दुवै गुमाएकी संगिताले पनि समुदायमा अरु भन्दा पहिले घर बनाएर दोस्रो किस्ताको लागि सिफारिस भएकी छन् । दुई वहिनी र बृद्ध हजुरबुबा हजुरआमाको जिम्मेबारी काँधमा बोक्दै उनले जाडो नकाट्दै घर निर्माण गरि वस्न थालिसकेका थिए ।

संगिता जस्तै गोल्चे–७ की एकल महिला फत्तकुमारी लामिछानेले पनि मापदण्ड अनुरुपकै सुरक्षित आवास निर्माण गरिसकेकी छन् । ८१ वर्षिय लामिछानेले पनि दोस्रो किस्ताको अनुमति पाइसकेकी छिन् । घर वनिसकेपछि खुसी देखिएकी लामिछाने घर पुर्ण भईसकेकोले सरकारले दिने सहयोगको पुरै रकम छिटै उपलब्ध हुनुपर्ने माग गर्छिन् ।

जिल्लाको उत्तरी क्षेत्रको विकट गाविस गुम्वामा भने अधिकांश घर बनिसकेका छन् । गुम्वा–६ वोल्देकी बैयो तामाङले आफ्नो घर गाँउमै नमुना वनेपछि गाविसभर घर निर्माणको लहर चलेको वताउछिन् । समुदायमा सवैको सहयोग गरे पनि घर वनाउन कठिन भएको उनको अनुभव छ । ‘ढुवानी नै असध्यै महगो भो,’ उनले खर्चको विवरण सुनाउदै भनिन्, ‘गाडी गुड्ने सडक छैन, सवै सामान वोकेर ल्याउनु पर्छ । धेरै खर्च भयो ।’

जिल्लामा आवास निर्माणको लागि पहिलो किस्ता बापतको रकम सवैले प्राप्त गरेका छन् । तर निर्माण पुरा भएकाहरुले दोस्रो किस्ता बापतको रकम छिटो पाउनुपर्ने माग गरिरहेका छन् । शहरी विकास तथा भवन डिभिजन कार्यालयले भने अधिकाश भूकम्प पीडितले आवास पुन निर्माणको काम सुरु गरेपनि ४ प्रतिशत मात्र निर्माण सकिएकाले छिटै रकम उपलब्ध हुने जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: