जेष्ठ नागरिक सम्बन्धि कानुन कार्यान्वयन आवश्यक  


प्रकाशित मिति :2017-03-12 11:09:50

सर्मिला बुढाथोकी

दोलखा । राष्ट्रिय जेष्ठ नागरिक महासंघका उपाध्यक्ष बरिष्ठ कलाकार मदनदास श्रेष्ठले जेष्ठ नागरिकको लागि राज्यले प्रत्याभुत गरेको अधिकार व्यवहारिक कार्यान्वयनको लागि सबै क्षेत्रले पहल गर्नु पर्ने बताउनु भएको छ ।

जेष्ठ नागरिक संघ दोलखाको तेस्रो अधिवेशन उद्घाटन गर्नु हुदै श्रेष्ठले जेष्ठ नागरिकको सवालमा कानुन कार्यान्वयन मुख्य रहेको उल्लेख गर्नुहुदै सार्वजनिक सवारी साधन, स्वास्थ्य संस्था लगाएतमा राज्यले दिने सुविधा प्राप्तिमा समस्या रहेको बताउनु भयो ।

जेष्ठ नागरिक संघ दोलखाका अध्यक्ष रामदास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय दोलखाका निमित्त महिला विकास अधिकृत सुर्जा दहाल, समाजसेवी भल्ला मास्के, पत्रकार महासंघ दोलखाका सचिव विनिता शिवाकोटी, संघको जिल्ला उपाध्यक्ष रङ्गध्वज बुढाथोकी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला जेष्ठ नागरिक संघ दोलखाका अध्यक्ष रामदास श्रेष्ठले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै संघमा हाल २८ जना संस्थापक र १ सय ६८ जना आजिवन सदस्य रहेको जानकारी दिनु भयो । त्यसैगरी संघको कोषाध्यक्ष उषा थापा वस्नेतले आर्थिक बर्ष ०७२÷०७३ को ९ लाख ६८ हजार बराबरको आम्दानि खर्चको विवरण प्रस्तुत गर्नु भयो । सो अवसरमा प्रस्तावित चरिकोट अस्पतालले जेष्ठ नागरिकहरुमा देखिने अल्जाईमर रोगको लक्ष्यण र रोगथामको उपाए बारे जानकारी गराएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: