कालीकोटका महिला उद्यमी सम्मानित


प्रकाशित मिति :2017-03-13 09:58:30

मनिका बोहरा

कालीकोट । उद्यम गरेर व्यावसायिक रूपमा आम्दानी बढाएको भन्दै जिल्लामा एक सहकारी संस्थाले ९ जना महिलालाई सम्मान गरेको छ । हिमचुलि कृषि सहकारी संस्थाले आफा्नो आठौँ वार्षिक साधारण सभामा जिल्लाका कुमालगांउ, स्युना, मान्म र दाहाँ गाविसका महिलालाई समूहमा बसेर बचत कारोबारका साथै कर्जा लिएर व्यवसाय गरी आम्दानी गरेको भन्दै सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरेको हो ।

सम्मानित हुनेमा कोटवाडा गाविसबाट नन्दा विष्ट, स्युना गाविसका डिल्का शाही र सुरता शाही, मान्म गाविसबाट अपांग तथा तरकारी व्यवसाय गर्दै आएकी सिता पाण्डे, कुखुरापालन गर्दै आएकी बसुन्धुरा शाही र गेला गाविसका रिता शाही लगायत रहेका छन् ।

जिल्ला लघुवित्त कार्यक्रम चलाएको संस्थाले महिलाहरुमा आयआर्जनका लागि लघुकर्जा प्रदान गर्दै आएको छ । संस्थाले कालीकोटका दुर्गम ग्रामीण क्षेत्रका विपन्न वर्गका महिलालाई समूह गठन गरेर व्यावसायिक चेतनाका साथै वित्तीय पहंच वृद्धिका लागि कार्यक्रम विस्तार गर्दै गएको अध्यक्ष काशिचन्द बरालको भनाई छ ।
समूहमा बसेर महिलाहरूले बचत मात्र होइन सामूहिक रूपमा व्यावसायिक योजनाका बारेमा पनि छलफल गर्ने र फजुल रूपमा खर्च हुने गरेको स सानो रकमलाई बचाएर सामूहिक रूपमा जम्मा गर्ने गरेको संस्थाले जनाएको छ । कालीकोटका २३ हजार घरधुरीका महिलालाई बचत समूहमा बस्ने वातावरण बनाउने संस्थाले जनाएको छ ।

पछिल्लो समयमा कालीकोट जिल्लामा विभिन्न वाणिज्य तथा विकासी वित्तीय बैङ्कको आगमन सँगै आर्थिक क्षेत्रमा स्थानीय महिलाहरूको वित्तीय क्षेत्रमा पहंच बढ्न थालेको छ । कालीकोट जिल्ल्लामा साना किसान माईक्रोफाइनान्स लघुवित्त संस्था, निर्धन उत्थान बैङ्क, टुरिजम विकास बैङ्क, सानिमा बैङ्क, एनआइसि बैङ्क तथा ग्वलोवल बैङ्क लगाएतका अन्य सहकारी संस्थाले वित्तीय क्षेत्रमा काम गर्दै आएका छन् । जिल्ला सहकारी सङ्घ कालीकोटका अध्यक्ष काली बहादुर महताराले राम्रो काम गर्ने जो कोहीलाई केही नभएपनि सम्मान गर्ने अवस्था ल्याएकोमा संस्थालाई धन्यावाद दिनु भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: