सीपमूलक व्यवसायमा आर्कषण


प्रकाशित मिति :2017-03-13 12:54:55

सर्मिला बुढाथोकी

दोलखा । रोजगारका लागि पुरुषहरू विदेशिए पछि पछिल्लो समय सीपमूलक तालिम लिई महिलाहरु व्यवसायतर्फ उन्मुख भएका छन् । सीपमूलक व्यवसायबा6 आयआर्जन समेत राम्रो हुनेभएपछि तालिम लिनेको संख्या पनि बढेको घरेलु तथा साना उद्योेग विकास समिति दोलखाले जनाएको छ ।

घरेलुले आयोजना गरेको विभिन्न तालिममा सहभागी मध्ये झन्डै ७० प्रतिशत महिलाहरू व्यवसायमा आवद्ध भई राम्रो आयआर्जन गर्न थालेको घरेलु तथा साना उद्योग विकास समिति दोलखाका ऋृषिकेश अधिकारीले जानकारी दिनुभयो ।

महिलाहरूको शिप विकासका लागि कार्यलयले शिपमुलक तालिमलाई निरन्तरता दिइरहेको पनि अधिकारीले बताए । केही महिलाहरू भने तालिममा पटक पटक सहभागी हुने तर व्यवसाय भने नगर्ने पाइएको कार्यालयले जनाएको छ ।

हालै पनि जिल्लाका विभिन्न स्थानमा तीन महिने सिलाई कटाई तालिम सञ्चालन भइरहेको छ । जस अन्र्तगत दोलखाको भीमेश्वर नगरपालिका जिलु ६ र ७ मा २४ जना, घ्याङसुकाठोकर गाविसमा १५ जना र सुष्पा क्षमावती गाविसका १५ जना गरी ५४ जना महिला सहभागी रहेको कार्यालयका प्राविधिक प्रमुख विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

तालिम पछि व्यवसाय गर्न चाहनेले उद्योग दर्ता गरी सहुलियत दरमा सिलाई मेसिन प्रदान गरिने कार्यलयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: