गाउँको अगुवाइ गर्दै महिला


प्रकाशित मिति :2017-03-13 13:25:04

पार्वती पाण्डे
कपिलवस्तु । विगतमा महिला घर बाहिर निस्कनु हुन्न, घरकै काम गर्नु पर्दछ भन्ने सामाजिक मान्यतालाई तोड्दै यहाँका महिलाहरू अहिले सामूहिक रूपमा विभिन्न कार्यक्रम गर्दै गाउँको अगुवाई गर्न थालेका छन् ।

घर परिवार भित्रै कुनै सवालको जवाफ दियो भने ‘पोंथि बासेको राम्रो हुन्न’ भन्ने जस्ता विभेदपूर्ण उखान सुन्नु पथ्र्यो । तर त्यही गाविसका महिलाहरू आज भोलि सङ्गठित हुँदै विभिन्न काम गरी गाउको अगुवाई गरिरहेका छन् ।

उनीहरूले गाविस स्तरको सञ्जाल गठन गरेका छन् । जसमार्फत आर्थिक अवस्था कमजोर भएका समुदायलाई आयआर्जनका लागि सहजकर्ता नै खटाई कक्षा सञ्चालन गर्दै आएका छन् । कक्षामा बाख्रा, कुखुरा, भैसीपालन जस्ता व्यवसाय सञ्चालन गर्ने तरिका र बिरामी हुँदा गर्न सकिने उपचार लगायतका विषयमा सहजिकरण गर्ने गर्छन् ।

सरकारबाट पाउने सेवा सुविधा लिन के कस्ता प्रक्रिया पुरा गर्नुपर्छ भनेर कक्षामा सिकाइन्छ । जसले गर्दा गाविसका महिलाहरू व्यावसायिक हुनुको साथै हरेक निकायमा पुगी सशक्त रूपमा आवाज उठाउन थालेको सहजकर्ता दुर्गा गिरी बताउनुहुन्छ । यस गाविसका महिलाहरू अहिले विभिन्न सङ्घ संस्था वा समूहमा आबद्ध हुन थालेका छन् ।

विगत केही वर्ष यता शिबगढी गाविसमा इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल तथा आइएम सुइडिस डेपलपमेन्ट पार्टनको आर्थिक सहयोगमा सिमान्तकृत समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरण परियोेजना अन्तरगत सञ्चालन भएको कार्यक्रमले घरबाट बाहिर निस्कन हुन्न भन्ने मानसिकता बोकेका महिलाहरू गाउँ अगुवाईमा बल पुरयाएको हो । परियोजनाले व्यवसाय सञ्चालन गर्न चाहाने महिलालाई ५ हजार रुपैयाका दरले सहयोग गर्ने गरेको छ ।

विगतका वर्षहरूमा गाविसले महिलाहरूको लागि छुटटाइने रकम अन्य विकास निर्माणका कार्यमा प्रयोग हुन्थ्यो तर अहिले महिलाहरू सङ्गठित हुन थालेपछि गाविसबाट छुटाइने महिलाको बजेट महिला सशक्तिकरणकै विषयमा प्रयोग हुन थालेको स्थानीय प्रमोद सुबेदी बताउछन । सामूहिक रूपमा अघि बढेका महिलाहरूले मध्यपान र धूम्रपान समेत न्यूनिकरण गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: