‘मिडियामा महिला सहभागिता र नेतृत्व बढाऔं’


प्रकाशित मिति :2017-03-13 15:14:08


महिला खबर

काठमाडौँ । मिडियामा महिलालाई आकर्षित गर्न र टिकाइराख्न मिडिया हाउस, राज्य र सरोकारवाला सबै संघसंस्थाले पत्रकारिता क्षेत्रमा लगानी बढाउनुपर्ने मिडिया सम्बन्ध व्यक्तिहरूले जोड दिएका छन् ।

नेपालका पत्रकार महिलाहरूको साझा सगंठन संचारिक समूहले मिडियामा महिलाको सङ्ख्या र नेतृत्व विकाससगै सुरक्षाका सवालमा सञ्चालन गरेको छलफलमा सहभागीहरुले लगानीमा जोड दिएका हुन् ।

मिडियाहाउस जहिले पनि कुशल र योग्य पत्रकारको खोजी गरिरहेपनि पत्रकारको बृद्धिविकासमा लगानी नहुदाँ मिडियामा आर्कषण घढेको उनीहरूको बुझाई छ । खासगरि अहिले डिजिटल आर्थात अनलाइन मिडियाप्रति मानिसको ध्यान बढेपनि यस क्षेत्रमा काम गर्ने पत्रकारको अभाव रहेको उनीहरूले बताए । डिजिटल मिडियामा अवसरसगै चुनौती धेरै भएको भन्दै पत्रकारलाई डिजिटल मिडिया सम्बन्धी ज्ञान र सीप विकासको खाँचो रहेको औल्याए । सामाजिक मूल्यमान्यता र आवश्यक दक्षता एवं सीप नभएका कारण अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा पनि महिलालाई ल्याउन र टिकाइराख्न चुनौती भएको संचारिक समूहकी अध्यक्ष निर्मला शर्माले बताउनुभयो ।

मिडियामा आर्थिक पक्ष सबल नहुदाँ पछिल्लो समय इमान्दार र कतव्र्यनिष्ठ पत्रकारको सङ्ख्या कम हुँदै गएको उनीहरूको अनुभव थियो । छलफलमा पत्रकार महासङ्घका पूर्व महासचिव एवं रातोपार्टी अनलाइनका ओम शर्मा, वानका अध्यक्ष गोपाल झा, थाहा संचरका अजर्सन खड्का, माउन्टेन टेलिभिजनका केदार कोइराला लगायतको उपस्थिति रहेको थियो । मिडियामा अहिले पत्रकारको अभाव रहेको भन्दै उनीहरूले योग्य पत्रकार महिला भएमा स्थान सुरक्षित रहेको बताएका थिए । मिडिया हाउसमा महिलाको सहभागितासगै नेतृत्व तहमा महिला पुरयाउन दबाब दिनका लागि छलफल सुरु गरेको संचारिका समूहकी उपाध्यक्ष नितु पण्डितले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: