कृषिबाट आत्मनिर्भर बन्दै : फोटो फिचर


प्रकाशित मिति :2017-03-13 17:42:23


अप्रिल अधिकारी

रामेछाप । हिजोका दिनमा आम्दानीको बाटो खोज्दै भौतारिदै महिलाहरू आज तरकारी खेती र त्यसैको व्यापारमा व्यस्त देखिन थालेका छन् । पछिल्लो समय जिल्लाका मुख्य बजार केन्द्रहरुमा साप्ताहिक रूपमा हाटबजार लाग्न थालेपछि तरकारी व्यवसाय गर्ने महिलाको सङ्ख्या बढ्न थालेको छ । घरायसी कामसगै तरकारी व्यावसायमा संलग्न हुँदा महिलाहरूले मनग्यै आम्दानी गर्न थालेका छन् । मेहनेतको आम्दानी देखेर उनीहरू थप उत्साहित बनेका छन् ।

केही समय अघिसम्म घरधन्दा गरेर दिन व्यतित गर्दै आउनु भएकी रामेछाप नगरपालिका आख्रेनीकी जन कुमारी योन्जनको दिनचर्यामा निकै परिवर्तन आएको छ । उनी हप्ताको ६ दिन आफ्नै बारीमा मेहनत गर्छिन् र एक दिन त्यही मेहनतको फल डोकोमा बोकेर हाटबजार धाउने गर्दछिन् । ‘मेहेनेत गरेर हातमा पैसा परेपछि सारा दुख भुल्छु ।’ योन्जनले भनिन् । उनले बारीमा साग, गोलभेडा, काउली, बन्दा, लसुन, प्याज, आलु, काक्रा लगायत मौसमी तथा बेमौसमी तरकारी फलाएकी छन् । उमेरमा पढ्न नसकेमा चिन्ता थियो उनलाई । तर अहिले मेहेनेत र कमाइले उनको जीवनस्तरमा धेरै सुधार आएको छ ।

विगतमा यो पेसा गर्न उनलाई लाज लाग्थ्यो । तर अहिले सवै सामान्य लाग्छ । सोमबारे साप्ताहिक हाटमा तरकारी बेचेर उनले दैनिक २ हजार देखि ४ हजार कमाउने गरेको सुनाइन् । कहिलेकाही घरमै किन्न आउने भएकाले घरमै बसी बसी आम्दानी गर्छिन् । मन्थली नगरपालिका २ की मन्जु माझीले पनि हाटमा दैनिक २ हजार ५ सय देखि ५ हजार रुपैयासम्म आम्दानी गर्ने गरेको बताउछिन् । उनले आफ्नो बारीको उत्पादनका साथै अन्यत्रबाट सङ्कलन गरिएको कृषि उत्पादन बिक्री गर्दैै आएकी छन् । यही आम्दनीबाट छोराछोरीलाई स्कुल पढाउनुका साथै घरव्यवहार धान्न सहज बनेको माझीले सुनाइन् । पैसा हातमा पर्न थालेपछि आत्मबल पनिन बढेको उनको अनुभव छ ।


योन्जन र माझी जस्तै यहाँका धेरै महिलाहरू अहिले तरकारीको व्यवसाय गरेर आत्मनिर्भर हुन थालेका छन् । जिल्लामा विशेष गरी पुरानो सदरमुकाम रामेछाप, धोवी बजार, साँघुटार बजार र सदरमुकाम मन्थली लगायत आधा दर्जन बढी स्थानहरुमा साप्ताहिक हाँट लाग्ने गर्दछ । हाट बाहेक सदरमुकाम मन्थलीमा मन्थली, भटौली, पकरवास, भलुवाजोर, ओख्रनी लगायत अन्यत्रबाट समेत हरेक दिन बिहान बिहान डोकोमा तरकारी बोकेर बिक्रीका लागि आउनेको महिलाको सङ्ख्या पनि उत्तिकै रहेको छ ।

सदरमुका बाहेक जिल्लाका प्रमुख बजार केन्द्रहरुमा समेत महिलाहरू डोको तरकारी बोकेर बेच्न जाने गरेका छन् । तर तरकारी बेच्ने ठाउँ व्यवसायी मैत्री नहुदा समस्या खेप्नु परेको उनीहरू बताउछन । व्यापार गरेबापत कर तिरेपनि स्थान सुरक्षित नहुदाँ समस्या भएको उनीहरू दुखेसो पोख्छन । बजारविस्तार र जनघनत्वका कारण कृषि उत्पादनको माग बढ्न थालेपछि कृषिमा सम्भावना बढेको हो ।

आम्दानी राम्रो भएपछि पछिल्लो समय उच्च शिक्षा हासिल गरेका युवतीहरु समेत तरकारी व्यवसायमा लाग्न थालेका छन् । पुरुषहरू रोजगारको सिलसिलामा सहर वा विदेश पलायन हुन थालेपछि व्यावसायिक कृषिमा महिलाको संलग्नता बढेको पाइन्छ । कृषिमा महिलाको आर्कषण र आम्दानी दुवै राम्रो भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरूले पनि विभिन्न तालिम र प्रविधिहरु दिँदै आएको छ ।

विगतका बर्षहरु भन्दा कृषि उत्पादन र व्यापारमा महिलाको संलग्नता प्रशंसनिय र उल्लेख्य रहेको जिल्ला कृषि विकास कार्यालय रामेछापका प्रमुख राजेन्द्र मल्लले बताउनुभयो । यदपि महिलालाई थप शसक्तिकरण गर्न जरुरी रहेकाले त्यसतर्फ कार्यालय अग्रसर रहेको उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: