जिम्मेवारी वहन गर्न पछि छैनन् महिला


प्रकाशित मिति :2017-03-14 12:47:57


यमुना खनाल

लहान नगरपालिका वडा नंम्बर १ की सुधा यादवलाई यति बेला बोल्ने फुर्सद समेत छैन । यो ब्यस्तता खेतीपातीको काम वा व्यवसायको कारणले होइन । घर निर्माणको कामले गर्दा हो । घर निर्माण सामाग्री जुटाउने, पानीको जोहा गर्ने, सिमेन्ट बालुवा खेलाउने, रड मिलाउने जस्ता काम गर्दा पुरुषलाई त हम्मे हम्मे पर्छ । तर सुधा पुरुषले गर्ने काम सहजै सम्माली रहेकी छन् । उनको यो आँट र साहास देखेर महिलाले गर्न नसक्ने केही रहेनछ भन्ने प्रमाणित भएको छ ।

सुधाका श्रीमान् सामुदायिक स्कूलका शिक्षक हुन् । उनी अहिले बाजुरामा छन् । उनका एक छोरा बंगलादेशमा एमबिबिएस गर्दै छन् भने छोरी बेङ्लोरमा आँखाको डाक्टर पढ्दैछिन् । अर्को छोरा ईन्जिीनियरिड.गर्दै छन् । त्यसैले पनि उनको खटाई धेरै छ । बिहान चार बजेदेखि सुरु भएको उनको खटाई राति अवेरसम्म हुन्छ ।

भन्छिन्–‘कामको धुनमा कहिलेकाही त खाना पनि भुल्छ, कति दिन त बिहान बेलुकाको खाना एकै पटक हुन्छ ।’ घर बनाउने कामदारसगै खट्दा उनको जिउ दिनकै ४/५ पटक नुहाए जस्तै निथ्रुक्कै भिज्छ । छोराछोरीको भविष्य सम्झेर सारा दुख भुल्ने उनी बताउछिन् । ‘गाह्रो त हुन्छ, तर श्रीमान्को छुटी हुँदैन, छोराछोरीको पनि पढाई बिगार्नु भएन । त्यसैले एक्लै सम्हाल्नै पर्छ ।’ उनले भनिन् ।

सुधा जस्तै लहानकै उशा दासका श्रीमान् वैदेशिक रोजगारका लागि विदेश गएका छन् । श्रीमान्ले दुख जिलो गरेर पठाएको पैसाले सानै भए पनि उनी पक्की घर बनाउन कसिएकी छन् । उनी पनि निमाण सामाग्री जुटाउने, पानी पटाउने, बालुवा भर्ने, फलामको रड काट्ने जस्ता सारा काम आफै गर्छिन् । छोराछोरी सानै भएकाले काम सघाउने कोही छैन । श्रीमानले दुख गरेर पठाएको पैसाले मात्र गाह्रो हुने र आफूले पनि काम गरे खर्च धेरै काम हुने उनले बताइन् ।

‘रड काट्ने काम गाह्रो छ, तर यही काम मिस्त्रीलाई दिए दिनै हजार रुपैयाँ दिनुपर्छ ।’ उनी भन्छिन्– आफैले गरेपछि यो पैसाले अरू सामान लिन पाइयो ।’ पैसा हुदैमा सबै खर्च गर्न नहुने उनको भनाई छ । पसिन चुहाए शरीरलाई पनि फाइदा हुने उनको तर्क छ । उशा र सुधा मात्र होइर्न तराईका ग्रामीण भेगका धेरै महिलाले आफ्नो काँधमा आएको जिम्मेवारी कुशलता पूर्वक पुरा गरिरहेका छन् । जसले गर्दा महिलाले पनि पुरुष सरह धेरै काम गर्न सक्छन् भन्ने गतिलो उदाारण बनेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: