चितवनमा चुनावको चहलपहल बढ्दै


प्रकाशित मिति :2017-03-14 14:12:10


महिला खबर
चितवन । आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन तोकिएसगै जिल्लामा निर्वाचनको चहलपहल सुरु भएको छ । स्थानीय निकायमा ४० प्रतिशत महिला सहभागिताको प्रावधान ल्याएकाले महिलाहरुमा पनि चुनावी सगर्मीले छोएको छ ।

महिलाको सहभागिताका विषयमा अहिले गाउँस्तर र जिल्लास्तरमा अन्तरक्रिया, छलफल तथा गोष्ठीहरु पनि हुन थालेका छन् । तर हाल ३३ प्रतिशत सहभागिता कार्यान्वयन नभएको अवस्थामा ४० प्रतिशतले पूर्णता पाउनेमा आशंक गरिएको छ ।

हालै चितवनको गुन्जनगरमा स्थानीय तहमा महिलाको भूमिका विषयक छलफल गरिएको छ । चित्रवन नगरपालिकाको सहयोगमा सञ्चारिका समूह चितवनले आयोजना गरेको उक्त कार्यक्रममा चितवन क्षेत्र नं. ४ का सांसद रामकृष्ण घिमिरेले सदियौदेखिको पुरुषबादी संरचनाका कारण महिलालाई अगाडि ल्याउन समय लागेपनि अन्य देशको तुलनामा नेपालको सविधानले महिलाको अधिकार सुनिश्चत गरेको बताउनुभयो ।

चित्रवन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्यालले निर्वाचनमा महिला सहभागिता बढाउन नगरपालिकाले आफ्नो तहबाट पहल गर्ने बताउनुभयो । नेपाली काँग्रेसकी सरिता केसीले महिलाहरू आंफै पनि निर्वाचनमा सक्रिय भएर अगाडी बढ्न आवश्यक रहेको बताउनु भयो । प्रेस सेन्टर प्रदेश ३ की उपाध्यक्ष शान्ता अधिकारीले प्रमुख उपप्रमुख मध्ये महिला हुने संविधानमा उल्लेख भए पनि प्रतिस्पर्धामा महिला पछि पर्न सक्ने सम्भावना रहेको भन्दै, दलले सहमतिका आधारमा महिलाको सहभागिता सुनिश्चित गर्न सुझाव दिनुभयो ।

स्थानीय तहमा महिलाको सहभागिता बढाउनका लागि सचेतना जगाउन यस्तो कार्यक्रम आयोजना गरेको सञ्चारिका समूह चितवनकी अध्यक्ष सृजना अर्यालले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: