उत्कृष्ट विद्यार्थीलाई ल्यावटप र छात्रवृत्ति


प्रकाशित मिति :2017-03-14 17:07:22

सर्मिला बुढाथोकी

दोलखा । सदरमुकाम चरिकोटस्थित कालिञ्चोक उच्च माध्यमिकि विद्यालयमा अध्यनरत विद्यार्थीलाई सुजन परिता एजुकेशन फाउण्डेशनले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ । कालिञ्चोक विद्यार्थी समाजको समन्वयमा फाउण्डेशनले कक्षा ११ मा विज्ञान विषयमा अध्यनरत उत्कृष्ट विद्यार्थीहरु सोनिया जोशी, सोनु श्रेष्ठ, दावा शेर्पा र हरिचन्द्र चौलागाईलाई नगद २५ हजार सहित १/१ थान ल्याबटप वितरण गरेको हो ।

त्यसै गरी कक्षा १ देखि १० सम्म अध्यनरत उत्कृष्ट छात्रा १ र छात्र १ जनालाई झोला, क्यालकुलेटर र स्टेशनरी सामग्री फाउण्डेशनका संरक्षक पूर्व न्यायधिश कृष्णानन्द न्यौपानेले वितरण गर्नु भएको थियो । न्यौपानेले अक्षयकोषका लागि फाउण्डेशनको तर्फबाट कालिञ्चोक विद्यार्थी समाजलाई २ लाख रुपैयाको चेक समेत हस्तान्तरण गर्नु भएको थियो ।

कालिञ्चोक उच्च माविका पूर्व विद्यार्थी अमेरिका निवासी सुजन न्यौपानेले हरेक वर्ष फाउण्डेशनको तर्फबाट विद्यालयका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गर्दै आउनु भएको कालिञ्चोक विद्यार्थी समाजका अध्यक्ष दीपक बस्नेतले जानकारी दिनुभयो । सो अवसरमा कालिञ्चोक विद्यार्थी समाजद्धारा फाउण्डेशनका संरक्षक कृष्णानन्द न्यौपाने, विद्यालका पूर्व प्रधानाध्यापक कृष्णबहादुर गौतम, शिक्षक चित्रबहादुर कार्की र बाबुराम शर्मा सम्मानित हुनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: