सरसफाई अभियानमा महिला


प्रकाशित मिति :2017-03-15 08:30:41

पार्वती पाण्डे

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं. ५ का महिलाहरू बिहान सवेरै कुचो लिएर सडक सरसफाईमा जुट्छन् । उनीहरू कुनै विशेष कार्यक्रम वा तलब सुविधा लिएर सरसफाइ अभियानमा जुटेका भने होइनन् । स्वंमसेवी भावले जुटेका हुन । यो हरेक शनिवार उनीहरुको कार्य तालिका नै हो ।

सागरटोल टोल विकास संस्थामा आवद्ध भएका यि महिलाहरुले चन्द्रघण्टा दुर्गामन्दिर परिसर, जिल्ला वन कार्यालय र सडक वरपर सरसफाईसगै शौचालय प्रयोगको सन्देश दिदै हिड्छन् ।

वडा नं. ५ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नु अघि शौचालय निर्माण र सरसफाई सन्देश दिनमा व्यस्त रहेका यी महिलाहरू आनीवानी परिवर्तनका संदेश दिन व्यस्त छन् । नगर क्षेत्रका प्रत्येक घरमा शौचालय निर्माण र घर तथा टोल सरसफाई गराउन महिलाहरुको अभियान उदाहरणीय समेत बनेको छ । घर सफा भए मात्रै टोल सफा हुने भन्दै घर घरमा अनिवार्य शौचालय निर्माण र सफाईमा जोड दिन आफूहरू सक्रिय भएको सागरटोल टोल विकास संस्थाकी अध्यक्ष चण्डिका घिमिरेले बताईन् ।

अभियानलाई सफल पान नगरपालिकाले कुचो तथा अन्य सरसफाईका सामाग्रीहरू दिएको छ । वडा नं. ७ मा पनि यो अभियान सफल पार्न वर्दहवा, रमतलहवा लगायतका स्थानमा सचेतना कार्यक्रम संचालन गरेको संस्थाकी कोषाध्यक्ष अम्बिका लम्सालले बताईन् ।

कपिलवस्तु नगरपालिका अन्र्तगत वडा नंम्वर ५ पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको वडा हो । बाँकी १८ वडाहरु पनि महिलाहरुमार्फत अभियान संचालन गरिने नगरपालिकाका सामाजिक विकास अधिकृत पदम राज श्रेष्ठले बताए । महिलाहरूको यो अभियानलाई सघाउन प्रत्येक वडामा सामाजिक परिचालकहरु पनि परिचालन गरिएको श्रेष्ठले बताए ।

सन् २०१६ भित्रै कपिलवस्तु नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाए पनि पूरा हुन सकेको छैन । अब सक्दो छिटो गर्न लुमन्ती लगायतका गैरसरकारी संस्था र स्थानीय समाजिक संघसंस्थाहरुसग सहकार्य गरिरहेको कपिलवस्तु नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्राईले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: