सूचनामा पहुँच पुर्याउन मन्त्री यादवको आग्रह


महिलाका सुविधा सम्बन्धी सूचना पुस्तिका चार भाषामा प्रकाशित

प्रकाशित मिति :2017-03-15 15:25:49

महिला खबर

काठमाडौँ । शान्ति तथा पुननिर्माण मन्त्री सीता देवी यादवले महिलाका लागि राज्यले व्यवस्था गरेको सेवा सुविधा समेटिएको ‘महिलाका सुविधा सम्बन्धी सूचना ’ हाते पुस्तिका विमोचन गर्नुभएको छ ।

राष्ट्रिय सूचना आयोगले मैथेली, तामाङ, डोटेली र थारु गरी चार भाषामा प्रकाशन गरेको पुस्तकको मन्त्री यादवले विमोचन गर्नुभएको छ । आयोगले यसअघि नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन गरिसकेको छ । १०७ औँ अन्र्तराष्ट्रिय महिला दिवसको समेत सन्दर्भ पारेर आयोजना गरिएको पुस्तक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले सूचनामा पहुँच नभएका कारण महिलाहरू राज्यले दिने सेवासुविधाबाट बाञ्चित भएको बताउनुभयो । आयोगले चार भाषामा उल्थ गरेको पुस्तकबाट धेरै महिलाले लाभ लिन सक्ने भन्दै सम्बन्धित भाषी भएको स्थानमा व्यापक प्रचार गर्न समेत उहाँले सबैमा आग्रह गर्नुभयो ।

सो अवसरमा प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लिने र दिने प्रवृतिको विकास गर्न जरुरी रहेको र त्यसका लागि आयोग निरन्तर लागिरहेको बताउनुभयो । उहाँले सूचना आधारभूत तत्त्व भएकाले अघिल्लो वर्ष सूचनाको हक सम्बन्धी विषय कक्षा ९ को पाठ्यक्रममा समावेश गराउन सफल भएको र आगमि वर्षबाट कक्षा ७, ८ र ११ को पाठ्यक्रममा समेत समावेश गरिने जानकारी दिनुभयो ।

सूचना आयुक्त द्धय यशोदा तिम्सिना र किरण पोखरेलले राज्यले महिलाका लागि धेरै व्यवस्था गरेपनि सम्बन्धित महिलाहरूले सूचना नपाएको बताउनुभयो । राज्यले सूचनाको हकलाई मौलिक हकको रूपमा राखेपनि सुचनामा पहुँच नहुँदा महिलाहरू राज्यको सेवासुविधाबाट बाञ्चित हुनुपरेको उहाँहरूको तर्क छ । सुचनादाताले नै जानेर वा अन्जानमा सूचना नदिने प्रवृत्ति भएको भन्दै अव सूचना थाहा पाउने र सूचना दिलाउने अभियानमा लाग्न समेत आग्रह गर्नुभयो । सूचना लिने र दिने अभियानमा यो पुस्तक सहयोगी हुने उनीहरूको भनाई छ ।

पुस्तकमा राज्यले महिलाका लागि गरिएको व्यवस्था अन्र्तगत पारिश्रमिकको आयमा १० प्रतिशत छुट प्राप्त गर्ने, उद्योग दर्तामा ३५ प्रतिशत छुट पाउने, उद्यमी महिलालाई विना धितो ५ लाख रुपैयासम्म ६ प्रतिशतमा ऋण पाउने, लैगिंक हिंसापिडितको उद्धार, औषधी उपचार, कानुनी सहायता र पुनस्थापनका लागि बीउपुँजी पाउने, ग्रामीण ऊर्जामा पाउने छुट लगायतका सेवासुविधाहरु समावेश गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: