महिलाको राष्ट्रिय सम्मेलन काठमाडौँमा


प्रकाशित मिति :2017-03-15 16:02:42

महिला खबर

काठमाडौँ । लैगिंक समानता र सामाजिक समावेशीताको सवाल र चुनौती विषयमा छलफलका लागि काठमाडौँमा महिलाको राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै नेपालका लागि आमेरिकी राजदूत एलिना वि (Alaina B. Teplitz) ले पछिल्लो समय नेपाली महिलाका लागि राज्यले गरेका व्यवस्था र महिलाहरूको सशक्तिकरण उत्सहजनक भएको बताउनुभयो । तर अझै लंिगक समानता र सामाजिक समावेशीताको पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकाले नितिनिर्माता र राजनीतिक दलहरूलाई निरन्तर दबाब दिइरहनुपर्ने बताउनुभयो । उहाँले महिला अधिकारका अन्र्तराष्ट्रिय मापदण्ड र मान्यतालाई समेत हेक्का राख्नुपर्ने बताउनुभयो ।

आज र भोलि दुई दिन सञ्चालन हुने सम्मेलनमा विभिन्न १० जिल्लाका महिला अभियान्तहरु र महिलासगँ सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका छन् । लैगिंक समनता र सामाजिक समावेशीताको सवाललाई जनमानसमा पुरयाउन र नितिनिर्माण तहसम्म दबाब पुरयाउनका लागि सम्मेलन फलदायी हुने जनाएको छ ।

युएसएड, द एसिया फाउन्डेसन र वमेन एक्टको सयुक्त आयोजनामा भएको कार्यक्रममा महिला अगुवाहरुले महिलाको विषय सूक्ष्म ढंगले केलाउनुपर्ने बताएका थिए । राज्यले सहभागिता सुनिश्चितासगँसगै महिलाको सशक्तिकरणमा समेत जोड दिनुपर्ने बताए । खासमा अब हुने भनिएको स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत महिला उम्मेदवार बनाउने प्रावधान ल्याएपनि सहभागिता सुनिश्चितता गर्नका लागि महिलालाई जागरुक बनाउनुपर्ने उनीहरुके भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: