अमेरिकामा पनि नेपालीले मनाए महिला दिवस


नेपाल सरकारको तर्फबाट १५ सदस्यीय टोली अमेरिकामा

प्रकाशित मिति :2017-03-15 16:58:20

मच्छे गुरुङ

अमेरिका । ‘परिवर्तनका लागि साहस’ भन्ने नाराका साथ अमेरिकामा पनि नेपाली महिलाहरूले १०७ औँ अन्र्तरााष्ट्रिय महिला दिवस मनाएका छन् ।

आदिवासी जनजाति महिला महासंघ अमेरिकाले अमेरिकाको न्यूर्योकमा आयोजना गरेको कार्यक्रममा महिला अधिकारकर्मीहरुले समाज परिवर्तनका लागि महिलाहरू स्वंम साहसी हुनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा अधिवक्ता छत्रकुमारी गुरुङले महिलासगँ जुनसुकै काम गर्न सक्ने क्षमता भएको भन्दै निडर भएर आफ्नो क्षमताको सही उपयोग गर्नुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवा, एनआरएन अमेरिकाका उपाध्यक्ष बन्दना कोइराला, वियोन्ड बेइजिङ कमिटिका शान्तलक्ष्मी श्रेष्ठ लगायतले अधिकारका लागि महिला एकजुट हुनुपर्ने र जुनसुकै स्थानमा अर्थपूर्ण सहभागिता देखाउनुपर्नेमा जोड दिए । आदिवासी जनजाति महिला महासंघ नेपालका अध्यक्ष चिनोमाया माझीले विदेशमा पनि नेपाली महिलाहरू एकजुट भएकोमा प्रशंश गर्नुभयो ।

यसैबिच, संयुक्त राष्ट्रसंघको महिलाको हैसियत सम्बन्धी आयोगको ६१ औँ सभामा भाग लिन नेपाल सरकारको तर्फबाट महिला, बालबालिका तथा समाज कल्याण मन्धी कुमार खड्काको नेतृत्वमा १५ सदस्यीय टोली अमेरिका पुगेका छन् । मार्च १३ बाट शुरु भएको सभामा नेपाली टोलिले नेपालमा महिलाको अवस्था बारेको प्रतिवेदन प्रस्तुत गर्दैछ । सभामा खासगरि विश्वमा महिलाको आर्थिक अवस्था र विकासमा केन्द्रित रहेर छलफल हुनेछ ।

टोलीमा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, सहसचिब तोय राना, रााष्ट्रिय महिला आयोगका कावा अध्यक्ष भगवती घिमिरे, सचिव रामप्रसाद भटराई, म्यागका अधयक्ष वविता बस्नेत, साथी नेपालका अध्यक्ष बन्दना राणा, संसाद द्धय रञ्जु ठाकुर र सरिता प्रसाइ लगायत हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: