उमा सिंहका हत्यारालाई जन्मकैदको फैसला


प्रकाशित मिति :2017-03-15 22:22:54

 जनकपुर- सञ्चारकर्मी उमा सिंह हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई उच्च अदालत जनकपुरले बुधबार सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।

उच्च अदालत जनकपुरका न्यायाधिशद्वय नारायणप्रसाद पोख्रेल तथा चन्द्रबहादुर साढुको संयुक्त इजलास नेमलाल पासमान, स्वामीजी भन्ने उमेश यादव तथा उमा सिंहकी भाउजु ललितादेवी सिंहलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।

नेपाल पत्रकार महासंघ धनुषाका कानूनी सल्लाहकार अधिवक्ता राजकुमार महतोका अनुसार– उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ ।

स्थानीय जनकपुर टुडे दैनिक तथा रेडियो टुडेमा कार्यरत संचारकर्मी उमा सिंहलाई २०६४ साल भदौ १४ गते राति उनको रजौलस्थित डेरामा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: