लक्षित बजेट कार्यान्वयन सुधारात्मुख


प्रकाशित मिति :2017-03-16 11:25:59

विदुर आचार्य

सिन्धुपाल्चोक । जिल्ला विकास समिति सिन्धुपाल्चोकको लैङ्गिक उत्तरदायी तथा सामाजिक समावेशी बजेट विनियोजन तथा कार्यान्वयन पक्ष प्रभावकारी देखिएको छ ।

जिविसको आ.व. ०७२/७३ को लैङ्गिक उत्तरदायी तथा सामाजिक समावेशी बजेट मूल्याकन गर्दा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले प्रभावकारिता बढेको देखिएको छ । यो वर्ष ६९.५ अंक प्राप्त गरेको छ ।
समग्रमा भने ८३ प्रतिशत बजेट संम्वन्धित शीर्षकमा खर्च भएको प्रतिवेदनले देखाएको छ ।

समुदाय रहेका महिला, बालबालिका, विपन्न, जेष्ठ नागरिक, अपाङ्ग, दलित, आदिवासी, जनजाति लगागका तथ्याङ्क सङ्कलन, संम्वन्धित सरोकारवालासँग छलफल, योजना तर्जुमा र कार्यान्वयनको प्रक्रियागत रूपमा प्रभावकारी कार्यक्रम गरी समयमै बजेट समेत फछ्यौट गरेको जिविसले जनाएको छ ।

महिला उत्थान कार्यक्रम, स्वास्थ्य सुधार, शिक्षामा पहुँच, कानुनी शिक्षा र मानव वेचविखन विरुद्धको कार्यक्रम प्रभावकारी भएको बजेट परीक्षण गर्ने संस्था त्रिपुुरा परामर्श सेवा केन्द्रका प्रोपाईटर तथा पत्रकार ज्ञानेद्र तिमिल्सिनाले बताउनुभयो । महिलाको लागि स्वरोजगार, आयमुलक र सीपमुलक लगायत स्थानीय स्वयत्त शासन ऐनमा भएका प्रावधान अनुसार कार्यक्रम उपलब्धीमुलक बनाउन जिविस लागि परेको परीक्षणले देखाएको छ ।

नेपाल सरकारको लैङ्गिक तथा सामाजिक समावेशी विकासका नीति र प्रतिबद्धता, मानव संसाधन र सम्बन्ध विस्तार, सुशासन, आन्तरिक संरचना लगायत योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मुल्यांङ्कन, स्थानयी निकायको क्षमता विकास र लैङ्गिक तथा सामाजिक समावेशी विकासका कार्यक्रममा जिविसले प्रभावकारी कार्यक्रम गरेको लैङ्गिक उत्तरदायी तथा सामाजिक समावेशशी बजेट परीक्षण ०७३ मा उल्लेख गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: