अज्ञात रोगले पठनपाठनमा समस्या


प्रकाशित मिति :2017-03-16 14:50:06

महिला खबर

सिन्धुपाल्चोक । जिल्लाको उत्तरी क्षेत्रको विकट गाउँपालिका भोटेकोसी वडा नं. १ लिस्तीस्थित उग्रचण्डी माध्यमिक विद्यालयमा अकस्मात् विद्यार्थी बेहोस भएर ढल्न थालेका छन् । करिब एक महिनादेखि अधिकांश विद्यार्थीलाई यस्तो समस्या देखापरेको पछि पठनपाठन प्रभावित भएको छ ।

विशेषगरी छात्राहरुान यो समस्या बढी देखिएको छ । छात्राहरु विद्यालय पुग्नसाथ बेहोस भएर ढल्ने गरेपछि पठनपाठन नै बन्द हुने अवस्थामा पुगेको प्रध्यानध्यापक कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । के कारणले बेहोस भएका हुन् भन्ने खुल्न सकेको छैन । विद्यार्थीहरू दिनानुदिन बेहोस हुने र ढल्ने समस्या बढ्दै गएपछि अभिभावकहरु चिन्तित छन् ।

करिब १३ देखि १७ वर्ष बिचका छात्रा कोही विद्यालय प्राङ्गणमा त कोही कक्षा कोठाभित्रै बेहोस हुने गरेका छन् । उनीहरू विद्यालयमा प्रवेश गर्नासाथ एक्कासि कराउने, रुने अनि ढल्ने गरेको अबिभावकले बताएका छन् । शुक्रवार र आइतबार १५ भन्दा बढी छात्रा बेहोस भएको प्रध्यानध्यापक तिमल्सिनाले बताउनुभयो । यस्तो समस्याबारे स्रोतकेन्द्र, जिल्ला शिक्षा कार्यालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ–संस्थालाई जानकारी गराईएको विद्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: