सुनसरीमा बढ्यो सम्वन्धविच्छेद


प्रकाशित मिति :2017-03-16 15:44:19

लिलाराज भटराई

सुनसरी । सुनसरी जिल्लामा सम्बन्ध बिच्छेद गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला अदालत सुनसरीका अनुसार साउन यता ८ महिनाको अवधिमा ३ सय २२ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका छन् ।

गत वर्ष सोही अवधिमा २ सय ७७ वटा मुद्धा दर्ता भएका थिए । १२ महिनमा भने कुल ४ सय ७५ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको अदालतको तथ्याक छ । सम्बन्ध विच्छेदका मुद्धाको प्रमुख कारण घरेलु हिंसा देखिएको छ । वैदेशिक रोजगारका कारण हुने घरेलु हिंसा सम्बन्ध विच्छेदको एउटा प्रमुख कारण बनेको पारालिगल कमिटि सुनसरीकी संयोजक इनु अधिकारीको भनाई छ । पछिल्लो ६ महिनामा घरेलु हिंसाका ४७ वटा मुद्धा दर्ता भएका छन् । यस्तै मानाचामल पाउँ भन्दै २१ वटा र नाता कायम गरी पाउँ भनी ५४ वटा मुद्धा दर्ता भएका छन् ।

महिलामा आएको सचेतना र मुद्धा दर्ता गरेपछि न्याय पाइन्छ भन्ने आशाले पनि सम्बन्ध बिच्छेदको मुद्धा वृद्धि भएको जिल्ला अदालत सुनसरीका श्रेष्तेदार नवराज आचार्य बताउनुहुन्छ । विगतमा सम्बन्ध विच्छेद भए पनि अदालतसम्म आउने प्रबृति कम थियो ।

कुनै महिलाले सम्बन्ध बिच्छेद गर्न खोजेमा अंश दिलाई दिने कानुनी व्यवस्था छ । हिंसा सहेर बस्नु हुँदैन भन्ने सचेतनाको विकास भएकोले सम्बन्ध बिच्छेद गर्ने क्रम बढेको अधिबक्ता लिला सुब्बा बताउनुहुन्छ । तर सचेतनासगै पारिवारिक विखण्डन पनि अर्काे कारण मुख्य कारण हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: