पत्रकार सम्मानित


प्रकाशित मिति :2017-03-17 10:10:02

सर्मिला बुढाथोकी

दोलखा । हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्जले १० औ स्थापना दिवसको अवसरमा एक पत्रकार महिला सहित दुई जना पत्रकारलाई सम्मान गरेको छ ।

स्व.ललितादेवी स्मृति पत्रकारिता पुरस्कारबाट रेडियोकै लक्ष्मी बस्नेत र स्व. भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका बाबुराम शर्मा नगद ५/५ हजार रुपैयाँ सहित सम्मानित हुनभएको हो ।

पुरस्कार समाजसेवी महेन्द्रबहादुर कार्की र शिक्षिका सावित्री खड्काले आफ्नो स्वर्गीय आमाहरूको नाममा रेडियोमा अक्षयकोष स्थापना गर्नुभएो हो । पुरस्कार वितरण गर्दै सामुदायिक रेडियो प्रशारक सङ्घका अध्यक्ष सुवास खतिवडाले पत्रकारहरुलाई उत्साहित गर्न पुरस्कार स्थापना गर्नु प्रशंसनिय काम भएको बताउनुभयो ।

कार्यक्रममा पूर्व राज्यमन्त्री देवी खड्का, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा, पत्रकार महासंघका केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, जिल्ला अध्यक्ष जीवन लामा, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: