कम्बोडीयामा निर्माण क्षेत्रका महिला कामदार


प्रकाशित मिति :2017-03-17 11:33:14

काठमाडौँ । कम्बोडीयामा निर्माण उद्योग एकदमै फस्टाउँदै गएको छ । गगनचुम्बी भवनहरू राजधानी नोम पेनभरि धमाधम बन्दैछन् । राजधानीको जनसंख्या विगत चार वर्षमा दोब्बर भए लगत्तै यो सहर उच्च महानगरपालिकामा विकसित भइरहेको छ ।

यो निर्माण उद्योगले ठुलो संख्यामा कामको खोजीमा राजधानी आएकालाई रोजगारी दिएको छ । ती मध्ये एक तिहाइ महिला कामदार छन् ।


केही महिलाका लागि यो नयाँ काम हो भने केहीले आफ्नो गाउँ र प्रान्तमा सिकेका सीपलाई यहाँ निखार्दैछन् । बाँकी कामदारहरु भने सन् २०१४ मा थाइल्याण्डमा गैरकानूनी आप्रावासी कामदारहरु विरुद्ध कारबाहीपछि घर फर्किएका कम्बोडीयाली श्रमिकहरू हुन् ।

धेरैजसो यी महिला आफना परिवार, साथीहरूसँग राजधानीमा बसेर भवन बनाउने काम गर्न आएका छन् । यस्तो क्षेत्रमा काम गर्न जोखिमपूर्ण र महिला कामदारले पुरुषको तुलनामा कम परिश्रमिक पाउने गरेका छन् ।
यस्तो अवस्थाका बाबजुद पनि कम्बोडियाको निर्माण उद्योगमा काम गर्ने महिला मिहिनेती, कटिबद्ध र जोखिम समना गर्दै अघि बढिरहेका छन् ।


एक जना महिला कामदार शोक कम भन्छिन्,–‘पाँच वर्ष अघि म श्रीमान् र छोरा सहित नोम पेन आएँ, गाउँमा हाम्रो लागि केही काम थिएन, त्यहाँ वर्षमा एकचोटी धान फलाउने काम बाहेक अरू गर्ने केही थिएन । आर्थिक रूपमा संभन भए, म यहाँको काम छाडेर तुरुन्त गाउँ फर्कीहाल्थे । अनि मेरो आमाको स्याहार गर्न पाउँथे । आफ्नो अरू बच्चाहरुसगँ पनि भेट्न पाउँथे ।’

‘तीन वर्षअघि पारपाचुके र अस्पतालको खर्चले मलाई ऋणमा डुबायो । मैले आफ्नो घर र जग्गा पनि बेच्नुपर्याे । त्यतिले पनि पुगेन । त्यसपछि म भवन बनाउने काममा सहर आएँ ।’ उनले थपिन् ।


‘यो निर्माण क्षेत्रमा काम गर्नुको सबल पक्ष भनेको के भने मैले हप्तैपिच्छे पारिश्रमिक पाउँछु । कारखाना वा होटेलमा काम गरेको भए त्यस्तो हुदैनथ्यो ।’ अर्की महिला कामदार हेङं सिया ।

‘मेरा साथीहरू कारखानामा काम गर्न रुचाउँछन् । म भने निर्माण क्षेत्रमा, किनभने मेरा सबै परिवार मसँग एकै ठाउँमा छन् । म परिवारको नजिक भएतापनि पुरुष सहकर्मीहरुले रक्सी खाएर मलाई राति गाली बेइज्जत गर्छन् ।’ अर्की महिला मजदुर शोक सोभना भन्छिन् ।

साभार : बीबीसी समाचार ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: