अध्यक्षहरुलाई क्षमता विकास तालिम


प्रकाशित मिति :2017-03-17 16:31:23

यमुना खनाल

महिला तथा बालबालिका कार्यालय सिरहाले प्रवाह गर्ने सेवा तल्लो तहसम्म पुर्‍याउने उदेश्यले जिल्लाका विभिन्न महिला समूहका अध्यक्षहरुलाई क्षमता विकास तालिम दिएको छ ।

उनीहरूलाई कार्यालयबाट उपलब्ध हुने सेवासुविधासगै हिंसाका घटनालाई कसरी गाउँस्तरमा समाधान गर्ने र कस्ता खालका समस्या जिल्लामा पुरयाउने भन्ने विषयमा तालिम दिएको महिला तथा बालबालिका अधिकृत अनिता तामाङ्ले जानकारी दिनुभयो ।

सात दिने जिल्लास्तरीय उक्त तालिममा आर्थिक र सामाजिक शसत्तिकरणका कार्यक्रम र लैगिक हिंसा निबारण कोषको बारे जानकारी गराएको थियो ।

हिंसामा परेका महिलाले न्यायको खोजी गर्दा वा आवाज उठाउदा घरबाट निकालिए पनि महिला तथा बालबालिका कार्यालयमार्फत बिउपुँजी लिएर व्यवसाय गरी आत्मनिर्भर हुन सकिने, हिंसामा परेका महिलाले यातायात तथा औषधी खर्च र खाना खर्च पाउने जस्ता जानकारीहरू तालिमबाट पाएको सहभागीहरुले बताए ।

उनीहरूले तालिममा सिकेका कुरा समुदायमा गएर सबैलाई जानकारी गराउने प्रतिबद्धता पनि जनाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: