मुस्लिम महिला चित्रकलामा रम्दै


हातमा रंग र कुची

प्रकाशित मिति :2017-03-17 18:18:05

राकेश चौधारी

महोत्तरी । साक्षरता कक्षाले पेन्सिल समाउन सिकाएपछि यहाँका मुस्लिम महिलाहरू कुची (ब्रस) र कलमको प्रयोगबाट चित्र बनाउन थालेका छन् ।

उनीहरुले मिथिला चित्रकलालाई मुस्लिम समुदायको दृष्टिकोणबाट नयाँ आयाम दिन खोजेका छन् । यस चित्रलाई मुस्लिम मिथिला चित्रकलाले नामकरण गर्न थालिएको मिथिला चित्रकला सहजकर्ता तेजनारायण मण्डलले बताउनुभयो ।

मिथिला चित्रकलाले मुस्लिम समुदायको प्रतिनिधित्व झल्काउछ । आमा शिक्षा अन्तर्गत स्वास्थ्य साक्षरता कक्षामा सहभागी २ सय १५ महिला मध्ये १ सय ३५ जनाले चित्रकला सिक्दै छन् । उनीहरूका लागि बिसबिट्टी, पर्सादेवाड, समसी, कोल्हुवा वगेया र सिस्वाकटैया गरी ५ स्थानमा तालिम आयोजना गरिएको छ ।

बिसबिट्टीकी रहमता खातुन र कैदा खातुन तथा सिस्वाकटैयाकी जन्नती खातुन र महरुनिसा खातुनको चित्र अहिलेसम्म धेरै मन पराएको जनाएको छ । चित्रकलाप्रति आमाहरूको लगाव निकै राम्रो रहेको अर्का प्रशिक्षक धु्रवकुमार पासवानले बताउनुभयो ।

पाँचवटै गाविसका आठ समूहका महिलाहरूले बनाएका चित्रहरुको छिटै प्रदर्शनी गरिने मुस्लिम समाज विकास केन्द्र महोत्तरीका अध्यक्ष नईम अन्सारीले बताउनुभयो । आमा शिक्षा अन्तर्गत ९ महिनासम्म अध्ययन गर्ने आमालाई विभिन्न सीपमूलक तालिम दिने लक्ष्य रहेको समाज विकास केन्द्र महोत्तरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: