महिलाको नाममा संख्या मात्र बढाएर हुँदैनः प्रा.डा. शाक्य


प्रकाशित मिति :2017-03-18 12:05:37

महिला खबर  


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. कुसुम शाक्यले स्थानीय चुनावमा पचास प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिएपनि संख्याको आधारमा नभई योग्य र सक्षम महिलालाई नेतृत्वमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार साप फाल्चा नेपालले आयोजना गरेको ‘स्थानीय चुनावमा महिलाको सहभागिता’ नामक अन्तरक्रिया कार्यक्रममा प्रा. डा. शाक्यले संविधानमा लेखेर मात्र महिला प्रतिनिधि सुनिश्चित नहुने भएकोले महिलाको संख्या तोकैरै आउनुपर्ने र त्यस्ता महिला पढेलेखेका र अरुका लागि काम गर्न सक्ने हुनुपर्ने बताउनुभयो ।

उहाँले महिलालाई चुनावमा जान र उम्मेदवारी दिन परिवारको साथ अति आवश्यक हुने भन्दै महिला उम्मेदवारका श्रीमानलाई सँगै राखेर चुनावको तयारी र नेतृत्व सम्बन्धी तालिम दिनुपर्ने बताउनुभयो ।

‘महिलालाई अगाडि बढाउन सबै संघसंस्था सँगै अगाडि बढ्नु आवश्यक छ, सबै मिलेर महिला उम्मेदवारलाई जिताउन कार्यक्रम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी नेता शान्ता श्रेष्ठले महिलालाई चुनावमा जान धेरै कठिन भएको भन्दै आफ्ना अनुभव सुनाउनु भएको थियो । ‘महिलालाई चुनावमा भर्याङ मात्र बनाइएको छ, तर नेतृत्वमा जान दिइँदैन’, उहाँले भन्नुभयो ।

उहाँले महिलालाई कन्यादान दिने प्रचलन रहेसम्म महिलाले अधिकार नपाउने बताउँदै आर्थिक स्वतन्त्रता बिना महिलाको उत्थान नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रज्ञा फाउन्डेसनका प्रमुख आनन्द आदित्यले  महिलाको वर्ष किताब प्रकाशनबारे प्रकाश पार्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: