स्वास्थ्य स्वयंसेवीलाई साइकल


‘श्रमअनुसार पारिश्रमिक नपाएको गुनासो’

प्रकाशित मिति :2017-03-19 12:08:35

पार्वती पाण्डे

कपिलवस्तु । स्वास्थ्य स्वयमसेवीका बसन्ती चौधरी साइकल पाउँदा खुसीले दंग छिन् । २० वर्षदेखि गर्भवती महिलाको सेवामा लागेकी पटना मेचकुरी डाडाकी चौधरी नयाँ साइकल पाउँदा ढिलै भए पनि सेवाको कदर भएकोमा खुशी भएकी हुन् ।

उनी भन्छिन् – ‘साइकल भएपछि अव महिलाको सेवा गर्न झन् सजिलो भयो ।’ पटनाकी स्वमसेवी विष्णु जैसीले पनि साइकल पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्–गर्भवती/सुत्केरी हुने महिलालाई सहयोग गर्न केही सजिलो हुने भयो ।’ उनले थपिन्–‘हिड्दै जाँदा समय लाग्ने, अव साइकलमा सरसर यात्रा हुने भयो, खुसी लागेको छ ।’ साइकलले काम गर्न उत्साह थपेको उनीहरूको भनाई छ । वाणगंगा नगरपालिकाले महिला लक्षित बजेट अन्र्तगत पटनाका ४ र ५ वडाका १४ जना महिला स्वंमसेविकालाई १/१ वटा साइकल प्रदान गरेको हो ।

नमुना महिला विकास बचत तथा ऋण सहकारी र महिला कृषि सहकारीले संयुक्त रूपमा कार्यक्रम गरी शुक्रवार मेचकुरी डाडा पटना कपिलवस्तुमा कार्यक्रम गरी साइकल वितरण गरिएको थियो । वाणगंगा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख लक्ष्मी पोडेलले स्वास्थ्य स्वयमसेवीको प्रोत्साहनका लागि लक्षित कार्यक्रम अन्र्तगतको १ लाख रुपैयाँ बजेटबाट साइकल प्रदान गरेको बताउनुभयो ।

महिलाहरू गर्भवती हुँदा र सुत्केरी हुने बेलामा गाउँ गाउँमा रातदिन खट्नुपर्ने स्वंयसेवीका लागि थोरै भए पनि राज्यले सम्बोधन गरेको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन् । तर पारिश्रमिकको व्यवस्था गर्नुपर्ने स्वयमसेवी एवं सामाजिक परिचालक बालकुमारीले बताउनुभयो । विभिन्न तालिम र परिवार नियोेजन गर्दा केही भत्ता बाहेक अन्य सुविधा नभएको उहाँले बताउनुयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: