महिला प्रअलाई नेतृत्व विकास तालिम


शैक्षिक गुणस्तरमा लाग्ने महिला प्रअहरुको प्रतिबद्धता

प्रकाशित मिति :2017-03-19 13:02:00

बेलिना थापा

लमजुङ । जिल्लाका महिला प्रधनाध्यापकहरुलाई नेतृत्व सीप विकास तालिम प्रदान गरिएको छ । यही चैत १ देखि ५ गतेसम्म संचलन भएको ५ दिने तालिममा जिल्लाका प्रावि, निमावि र मावि तहका २५ जना महिला प्रध्यानध्यापकहरु सहभागी भएका थिए ।

युनेस्को सहयोगमा जिल्ला शिक्षा कार्यलय लमजुङले आयोजना गरेको तालिममा जिल्ला शिक्षा अधिकारी खडक्बहादुर कमाल, सहायक जिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्टराई, कार्यक्रम अधिकृत बाबुराम बराल लगायतले प्रशिक्षण दिनुभएको थियो । तालिममा विद्यालय सञ्चालन गर्दा निर्वाह गर्नुपर्ने नेतृत्वदायी भूमिका, नेतृत्वमा हुने गुणहरू, बालमैत्री अवधारणा, द्धन्द्ध, विपद् तथा समय व्यवस्थापन, सूचना विश्लेषण तथा प्रतिवेदन तयारी जस्ता विषयमा प्रशिक्षण दिएको जनाएको छ ।

यस्तै शैक्षिक सुशासनका लागि गर्नुुपर्ने नियम, विद्यालय र समुदायबीचको सम्बन्ध तथा समन्वयको बारेमा जानकारी गराएको थियो । तालिममा सहभागी महिला प्रअहरुले आगमि दिनमा विद्यालयको शैक्षिण गुणस्तर वृद्धिमा ध्यान दिने प्रद्धिबद्धता जनाए ।

तर पुस्तकालय, कम दरबन्दी, अभिभावकको सरकारी स्कुलप्रतिको कम रुचि जस्ता कुराले पठनपाठनमा समस्या हुँदै आएको उनीहरूले बताएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: