भूकम्प पीडित महिलालाई सिलाइ मेशिन


प्रकाशित मिति :2017-03-19 16:28:24

सर्मिला बुढाथोकी

सिलाइ मेशिन लगायतका सामग्री बुझ्दै भूकम्प पीडित महिला । तस्वीरः सर्मिला बुढाथोकी

दोलखा । भूकम्पबाट घरबार विहिन दोलखा शैलुङ्गेश्वर गाउँपालिकाका ६४ जना महिलालाई सिलाइ मेशिन तथा सिलाइ सम्बन्धी सामाग्रीहरु वितरण गरिएकाे छ ।

इकार्डस दोलखा र प्लान इन्टरनेनलको साझेदारीमा सञ्चालित जिविकोपार्जन कार्यक्रम अन्तर्गत दोलखा शैलुङ्गेश्वर गाउँपालिकामा पर्ने शैलुङ्गेश्वर, भुषाफेदा, फस्कु र ताम्चेत दुधपोखरीका ६४ जना महिलालाई व्यवसायिक रुपमा उद्यमी बनाउने उद्देश्यले ३ महिने सिलाइ कटाइ तालिम दिइ सिलाइ मेशिन बाँडिएको हो ।

घरेलु तथा साना उद्योग विकास समिति दोलखाको समन्वयमा फस्कुका २०, शैलुङ्गेश्वरका १७, भुषाफेदाका ७ र ताम्चेत दुधपोखरीका २० जना भुकम्प पीडित महिला प्रत्येकलाई एक एकवटा सिलाइ मेशिन, इन्टरलक मेशिन, कुर्ता सुरुवालको कपडा, ढाकाको कपडा, चोलो, ब्लाउजको कपडा, टेप, कै‌ची, धागो लगायतका करीब ४० हजार रुपैयाँ बराबरको सिलाइ सामाग्री बाँडिएको इकार्डस दोलखाका कार्यक्रम संयोजक सन्तोष दाहालले जानकारी दिनुभयो ।

तालिमपछि व्यवसायमा निरन्तरता होस भन्ने उदेश्यले सुरुमा केही थान कपडा सिलाउनको लागी ग्राहकको व्यवस्था समेत गरिदिएको संयोजक दाहालले बताउनुभयो ।

जिविकोपार्जन कार्यक्रम अन्तर्गत महिलाहरुलाई व्यवसायिक रुपमा सक्षम बनाउन तरकारी खेतीका लागी १६ जना, गलंैचा व्यवसायका लागी १० जना, ढाका बुनाइ व्यवसायका लागी  १३ जना, बंगुर पालनको लागि १७ जना र कुखुरापालनको लागी २३ जना महिला छनौट गरी तालिमको साथै आर्थिक सहयोग गर्ने कार्यक्रम पनि रहेको संयोजक दाहालले बताउनुभयो । करिब ३ सय ५० जना महिलालाई व्यवसायिक रुपमा सक्षम बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको इकार्डस दोलखाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: