चुनावी माहौल सिर्जना गर्न अधिकारकर्मीको जोड


महिला अधिकारकर्मीहरु चुनाव केन्द्रीत छलफलमा

प्रकाशित मिति :2017-03-19 17:42:33

महिला खबर

काठमाडौँ । आगामी चुनावमा महिलाको सहभागिता बढाउन अधिकारकर्मीहरुले संयुक्त छलफल सुरु गरेका छन् । संचारकर्मी, राजनीति र महिला अधिकारका क्षेत्रमा काम गर्ने प्रतिनिधिहरुबीच छलफल भएको हो ।

चुनावमा बढी भन्दा बढी महिला उम्मेदवार उठाउन, महिलाको क्षमता अभिवृद्धि गर्न र मतदानमा समेत सक्रिया सहभागिताका लागि अभियान चलाउनुपर्ने उनीहरूको जोड छ ।

जागरण नेपालको पहलमा भएको छलफलमा जागरणका संस्थापक अध्यक्ष सर्मिला कार्कीले संविधानसभाको चुनावहरुमा जस्तै संघसंस्थाहरुको साझा दवावमूलक अभियान परिणाममूखी बनाउनुपर्ने बताउनुभयो । युएन वुमनका सरु जोशीले ४० प्रतिशत सिट महिलाका लागि सुनिश्चित भइसकेकाले निर्वाचन आयोगसँग पनि मिलेर सन्देशमूलक सामग्रीहरू तयार गर्ने तयारी भइरहेको बताउनुभयो ।

महिला अधिकारका लागि काम गर्ने सञ्जाल मेल इन्गेज अलाइन्सका संयोजक कृष्ण आचार्य, दिदीबहिनीका अध्यक्ष सलोनी सिंह, महिला सुरक्षा दबाब समूहका अध्यक्ष साबित्री पोखरेल, बियोण्ड, बेइजिङ कमिटीका उपाध्यक्ष सुशिला श्रेष्ठ लगायतले महिलालाई भोट किन दिने भन्ने विषयमा मिडियामा सन्देशमूलक सामग्री प्रसारण/प्रकाशन गर्ने देखि पोष्टर, पर्चा पम्पलेटहरु बनाएर व्यापक प्रचार गर्दा पनि महिला उम्मेदवारलाई जिताउन सहयोग हुने बताएका थिए । पत्रकार तथा अभियन्ता कपिल काफ्लेले सामाजिक संजालहरुलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: