१२ हप्ता माथिको गर्भपतन सेवा शुरु


प्रकाशित मिति :2017-03-20 11:59:57

शिवराज खत्री

अछाम । जिल्लास्थित बयालपाटा अस्पतालमा १२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । यस अघि सुदूरपश्चिमको सेती अञ्चल अस्पताल धनगढीले मात्र यो सेवा दिईरहेको थियो ।

आई पास नेपालको सहयोगमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले  तालिम प्रदान गरि स्वास्थ्यकर्मी तयार पारेसँगै बयालपाटा अस्पतालमा १२ हप्ता भन्दा बढीको गर्भपतन सेवा सुरु गरिएको अस्पताले जनाएको छ ।

१२ हप्ता सम्मको गर्भपतनलाई मात्र कानुुनी मान्यता दिइएकोमा आमा केहि विशेष परिस्थितीमा मात्र त्यो भन्दा माथिको गर्भ पनि पतन गर्न मिल्ने व्यवस्था कानुनले गरेको छ । आमा र गर्भमा रहेको बच्चा दुवैको ज्यान जोखिममा रहेमा, हाडनाता करणी तथा जबर्जस्ती करणीबाट बसेको गर्भ छ भने सूचिकृत चिकित्सकले मात्र १२ हप्ता माथिको गर्भ पतन गर्न सक्ने व्यवस्था कानुनमा छ । यस्तो गर्भपतन निकै जोखिमपूर्ण मानिन्छ ।

अछाममै १२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा सुरु भएपछि यस क्षेत्रका महिलालाई ठुलो राहत हुने अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनुभयो ।

सेवा सुरु भएपछि अछाम, बाजुरा लगायतका महिलाले हजारौं रुपैयाँ तिरेर यस्तो सेवा लिन धनगढी वा भारत जानु नपर्ने बयालपाटा अस्पतालका डाक्टर विकास गौचनले बताउनुभयो । उहाँले अछाममा सुरक्षित गर्भपतन सेवा पूर्ण रुपले निःशुल्क भएसँगै गुणस्तरीय पनि हुने भएकोले अब अकालमा महिलाहरुले असुरक्षित गर्भपतनको कारणले ज्यान गुमाउनु नपर्ने बताए ।

१२ हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा अछाम जिल्लामा २०६० सालबाट सुरु भएपनि सेवा प्रदायकको नियमित उपस्थिति नहुँदा २०६६ बाट मात्र नियमित रुपमा जिल्ला अस्पताल र न्याय हेल्थ नेपालद्वारा संचालित बयालपाटा अस्पतालबाट सेवा प्रदान गर्न सुरु गरिएको थियो ।

नेपाल सरकारले आर्थिक वर्ष ०७३/०७४ बाट सुरक्षित गर्भपतन सेवा सम्पूर्ण रुपले निःशुल्क गर्ने निर्णय गरेसँगै अछाममा पनि यो सेवा निःशुल्क रुपमा सुरु गरिएको हो । अझै पनि यो सेवा सहज रुपमा विभिन्न स्वास्थ्य संस्थाबाट पाउने जानकारी नहुँदा धेरै महिलाले महँगो शुल्क तिरेर निजी औषधी पसल तथा क्लिनिकबाट औषधी खाएर अपूर्ण गर्भपतन भै धेरै रगत बग्ने समस्या लिएर अस्पताल आउने गरेका छन् ।

हाल १२ हप्तासम्मको लागि आवश्यक सुरक्षित गर्भपतन सेवा जिल्ला अस्पताल, बयालपाटा अस्पताल तथा दुई प्राथमिक स्वास्थ्य केन्द्रहरु कमलबजार र चौरमाडौँ सहित १० वटा स्वास्थ्य चौकीहरुमा सम्पूर्ण रुपले निःशुल्क उपलब्ध रहेको छ ।

नेपालमा ७ प्रतिशत आमाहरुको ज्यान असुरक्षित गर्वपतनको कारणले हुने गरेको छ भने विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संसारभर ४९ प्रतिशत महिला असुरक्षित गर्भपतन सेवा लिन बाध्य छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: